गाउँलेले दुई झाँक्रीलाई कुटीकुटी मारे, घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान



 

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ ।

झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो ।

गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले सोही गाउँपालिकाको फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको दार्खा इलाका प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी सो क्षेत्रमा गएको र थप विवरण नआएको प्रहरी उपरीक्षक विकले बताए ।

प्रतिक्रिया दिनुहोस
सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति

बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय