बानेश्वर झडपपछि ओली सरकारलाई देउवाको कडा चेतावनीः आईन्दा यस्तो नहोस्



 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण प्रर्दशनमा सरकारले हस्तक्षेप गरेर अमानविय चरित्र देखाएको भन्दै घटनाको भत्र्सना र निन्दा गरेका छन् ।

 

प्रहरीसँगको झडपमा घाईते भई उपचार गराईरहेका तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायत घाईतेहरुलाई भेट्न मिनभवनस्थित सिभिल अस्पताल पुगेका सभापति देउवाले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको निन्दा गरेका हुन् ।

 

सरकारले अपराधपूर्ण तरीकाले तरुणदलका अध्यक्षसहित आफ्ना कार्यकर्तामाथि कुटपीट गर्ने काम गरेको दाबी गरे । उनले घटनाको निन्दा एवं घोर भत्र्सना गर्दै आईन्दा यस्तो काम बन्द गर्न पनि सरकारलाई चेतावनी दिए ।

 

पूर्व घोषित कार्यक्रम अनुसार शनिबार दिउँसो तरुण दलले अनसरनरत डाक्टर गोविन्द केसीको मागमा ऐक्यवद्धता तथा सरकारको विरोधमा गरेको प्रर्दशनका क्रममा नयाँ वानेश्वरमा प्रहरीसँग झडप हुँदा तरुण दलका अध्यक्ष बस्नेतसहित तीन दर्जन बढी घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति

बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले