डा केसीको यस्तो रहेछ भित्री कुरा, मनमोहन कलेजका सचिव अधिकारी भन्छन राती दुधमा मह हालेर खान्छन्



 

अनशनरत डाक्टर गोविन्द केसीले अनशन बस्दा के खान्छन् भनेर अहिले चर्चा भैरहेको छ । डाक्टर केसीको १५ औं अनशनको आज २१ दिन चलिरहेको छ । उनले आजसम्म थुप्रै दिनसम्म अनशन बसेको ईतिहास छ । अनशनमा बसेका डाक्टर केसीको आन्दोलन वा सत्याग्रहको पक्ष र विपक्षमा जनमत बनिरहेको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशिल साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल लगायतले केसीको अनशनको समर्थन गर्दै सरकारले तत्काल उनका मागहरु पूरा गराउन जनदबाब सिर्जना गरिरहेका छन् । कांग्रेसले त सदनसमेत अवरोध गरेको छ । सडक संघर्षका कार्यक्रमहरु समेत उसले सार्वजनिक गरेको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले भने केसीका जायज मागहरु पूरा हुने तर सबै मागहरु पूरा नहुने जिकिर गरेका छन् । जुम्लामा अनशनरत रहँदा डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याएको थियो । अहिले डाक्टर केसी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।

 

डाक्टर केसी अहिले सत्याग्रहमा छन् । डाक्टर केसीले अनशनमा बस्दा सलाईन पानीमात्रै लिन्छन कि अरु के के खान्छन् भन्नेबारे अहिले चर्चा तथा परिचर्चा भैरहेको छ । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि लिएर खिलराज रेग्मी, सुशिल कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवादेखि वर्तमान प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसम्म आईपुग्दा डाक्टर केसीले १५ औ पटक अनशन गरे ।

 

यतिको धेरै लामो समयसम्म अनशन बसेका डाक्टर केसीले अनशनमा रहँदा हिमाली जडिबुटी खाने गरेको पनि स्रोतले दाबी गरेका छन् । उक्त जडिबुटीले केसीलाई २४ घण्टासम्म शारिरिक उर्जा प्रदान गर्ने गरेको बुझिएको छ ।

 

प्रस्तावित मनमोहन मेडिकल कलेजका सचिव डा. रामकुमार अधिकारीले भने डाक्टर केसीले अनशनमा रहँदा दिनभरि अनशन बस्ने तर रातमा भने दुधमा मह हालेर खाने गरेको गम्भिर आरोप लगाए । पत्रकार ऋषि धमलासँग प्राईम टाईम्स टेलिभिजनमा हिजो (शुक्रबार) कुराकानी गर्दै उनले भनेका थिए,‘उहाँ दिनभरि अनशन बस्नुहुन्छ अनि रातमा दुधमा मह हालेर खानुहुन्छ, हामी फोटोसहित यसबारेको प्रमाण बाहिर ल्याउँछौं।’

 

तर डाक्टर केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित केसी समर्थक समितिका सदस्य डाक्टर अभिषेकप्रताप सिंहले डाक्टर अधिकारीले लगाएको आरोप वाहियात भएको भन्दै आरापको खण्डन गरे । उनले भने,‘डाक्टर केसीले सलाईन पानीबाहेक अरु केही लिनुभएको छैन, उहाँमा दहा«े आत्माविश्वास छ, त्यही आत्माविश्वासले आज उहाँ अनशन बसिरहनुभएको छ, र बाँचिरहनुभएको छ।’-रिपोर्टर्स नेपाल बाट

प्रतिक्रिया दिनुहोस
माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति

बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले