गोविन्द केसीको समर्थनमा निस्किएको जुलुसमाथि अश्रुग्याँस प्रहार, दर्जनौ घाईते



हाम्रो इकोनोमि

 

अनशनरत डा. गोविन्द केसीका समर्थकले निकालेको जुलुसमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । कांग्रेसको भातृ संगठन नेवि संघले नयाँ वानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

डा. गोविन्द केसीको समर्थनमा नागरिक समाजका अगुवाले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सरकारले माथेमा आयोगको सिफारिस अनुसार तयार गरिएको अध्यादेशलाई तोडमोड गरेर चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै डा. केसी अनशनमा छन् ।

जुम्लामा अनशन गर्दै आएका डा. केसीलाई सरकारले बिहीबार काठमाडौँ ल्याएको छ । डा. केसीले अहिले त्रिवि शिषण अस्पतालमा अनशन गरिरहेका छन् । उनको समर्थनमा कलाकार, नागरिक समाजका अगुवा तथा राजनीतिज्ञले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

शनिबार माइतीघरमा भएको प्रदर्शनमा कलाकार मनिषा कोइराला, करिश्मा मानन्धरसहितका सहभागी भएका छन् ।

यस्तै नागरिक समाजका अगुवाहरु खगेन्द्र संग्रौला, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, विवेकशिल साझा पार्टीका रवीन्द्र मिश्र, नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराईसहितका सहभागी छन् ।

यस्तै विभिन्न क्षेत्रबाट सहभागीहरु प्रदर्शनमा आएका छन् । उनीहरुले डा. केसीको समर्थनमा नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...