डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, बाबुराम–रवीन्द्रदेखि मनिषा–करिश्मासम्म



हाम्रो इकोनोमि

 

डा. गोविन्द केसीको समर्थनमा नागरिक समाजका अगुवाले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सरकारले माथेमा आयोगको सिफारिस अनुसार तयार गरिएको अध्यादेशलाई तोडमोड गरेर चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै डा. केसी अनशनमा छन् ।

जुम्लामा अनशन गर्दै आएका डा. केसीलाई सरकारले बिहीबार काठमाडौँ ल्याएको छ । डा. केसीले अहिले त्रिवि शिषण अस्पतालमा अनशन गरिरहेका छन् । उनको समर्थनमा कलाकार, नागरिक समाजका अगुवा तथा राजनीतिज्ञले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

शनिबार माइतीघरमा भएको प्रदर्शनमा कलाकार मनिषा कोइराला, करिश्मा मानन्धरसहितका सहभागी भएका छन् ।

यस्तै नागरिक समाजका अगुवाहरु खगेन्द्र संग्रौला, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, विवेकशिल साझा पार्टीका रवीन्द्र मिश्र, नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराईसहितका सहभागी छन् ।

यस्तै विभिन्न क्षेत्रबाट सहभागीहरु प्रदर्शनमा आएका छन् । उनीहरुले डा. केसीको समर्थनमा नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...