श्रीमान अर्कै केटीसँग सल्केपछि तीन छोराछोरीसहित श्रमितील सेती नदीमा हामफालिन्, श्रीमान प्रहरी नियन्त्रणमा



हाम्रो इकोनोमि

 

डोटीको आदर्श गाउँपालिकाका एकै घरका ४ जनाले सेति नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ ।

श्रीमान अर्कै केटीसँग सल्केपछिको थाहापाएपछि तीन छोराछोरीसहित श्रमिती सेती नदीमा हामफालेको छ ।

 

आदर्श गाउँपालिका वडा नम्बर ४ बस्ने बमवहादुर बोहराकी श्रीमती, २ छोरा र १ छोरीले सेति नदीमा हाम फालेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नावय उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

उनीहरु मध्ये एक जनालाई स्थानीय माँझीले उद्धार गरेर ज्यान जोगाएका छन् भने तीनजनाको अवस्था अज्ञात छ ।

 

नदीमा हाम फाल्नेमा बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीय छोरा सुनिल बोहरा रहेको उनले जानकारी दिए । घटना श्रावण १ गते भएको भए पनि प्रहरीलाई ढिला गरी जानकारी भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।

 

सेतीमा हाम फाल्ने मध्ये ६ वर्षीय सुनिल बाेहरालाई सेती नदीमा माछा मार्दै गरेको माझी मानबहादुर विकले उद्धार गरेर बचाएको र अन्य तीनजनाको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक धामीले जानकारी दिए ।

 

श्रीमतीले तीन छोराछोरीसहित सेतीमा हामफालेपछि घटनाको अनुसन्धान गर्न श्रीमान बमबहादुर बोहरालाइ नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी नायव उपरीक्षक धामीले बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...