श्रीमान अर्कै केटीसँग सल्केपछि तीन छोराछोरीसहित श्रमितील सेती नदीमा हामफालिन्, श्रीमान प्रहरी नियन्त्रणमा



हाम्रो इकोनोमि

 

डोटीको आदर्श गाउँपालिकाका एकै घरका ४ जनाले सेति नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ ।

श्रीमान अर्कै केटीसँग सल्केपछिको थाहापाएपछि तीन छोराछोरीसहित श्रमिती सेती नदीमा हामफालेको छ ।

 

आदर्श गाउँपालिका वडा नम्बर ४ बस्ने बमवहादुर बोहराकी श्रीमती, २ छोरा र १ छोरीले सेति नदीमा हाम फालेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नावय उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

उनीहरु मध्ये एक जनालाई स्थानीय माँझीले उद्धार गरेर ज्यान जोगाएका छन् भने तीनजनाको अवस्था अज्ञात छ ।

 

नदीमा हाम फाल्नेमा बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीय छोरा सुनिल बोहरा रहेको उनले जानकारी दिए । घटना श्रावण १ गते भएको भए पनि प्रहरीलाई ढिला गरी जानकारी भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।

 

सेतीमा हाम फाल्ने मध्ये ६ वर्षीय सुनिल बाेहरालाई सेती नदीमा माछा मार्दै गरेको माझी मानबहादुर विकले उद्धार गरेर बचाएको र अन्य तीनजनाको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक धामीले जानकारी दिए ।

 

श्रीमतीले तीन छोराछोरीसहित सेतीमा हामफालेपछि घटनाको अनुसन्धान गर्न श्रीमान बमबहादुर बोहरालाइ नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी नायव उपरीक्षक धामीले बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...