डा केसीको समर्थनमा तरुण दल मैदानमा, माइतीघरमा प्रदर्शन



हाम्रो इकोनोमि

 

२२ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीको माग पुरा गराउन सरकारलाई दवाव दिन नेपाल तरुण दल मैदानमा आएको छ।

माथेमा कार्यदलको प्रतिवेदन अनुसार अघिल्लो शेर बहादुर देउवा नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश अनुसारकै विधेयक संसदमा पेश गर्न तथा चिकित्सा शिक्षामा आमुल सुधारको माग गर्दै आएका केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै तरुण दल मैदानमा आएको हो।

नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले माइतीघरमा शनिवार १ वजे प्रदर्शन गर्ने भएको छ। नेपाली काँग्रेसले आफ्ना शुभेच्छुक तथा भातृ संस्थालाई सडक संघर्षमा उतारेपछि तरुण दल मैदानमा आएको हो।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पार्टीको कार्यक्रम अनुसार दलले सरकारको अधिनायकवाद र सर्वसत्तावादको विरोधमा आन्दोलनको कार्यक्रम लिएर उत्रिएको बताए। उनले लोकतन्त्रप्रेमी तरुण यूवाहरुलाई शनिवार माइतीघरमा मण्डलामा एक बजे उपस्थित भएर सरकारमाथि दवाव सिर्जना गर्न अपिल गरेका छन्।

पार्टीको कार्यक्रम अनुसार तरुण दलले कार्यक्रम आयोजना गरेका कारण नागरिक समाजको कार्यक्रमसँग नमिसाई आफूहरुले अलग कार्यक्रम आयोजना गरेको पनि  बस्नेतले प्रष्टयाए।

डा गोविन्द केसीलाई बचाउँनु र उनको मागको सम्वोधन सँगसँगै गर्नुपर्ने आवश्यकता रहेको ठहर तरुण दलको छ बस्नेतले भने।

अघिलो देउवा नेतृत्वको सरकारको पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेश अनुसार विधेयक ल्याउन पनि नेकपा नेतृत्वको सरकारसँग बस्नेतले माग गर्दै यसमा कुनै पनि जालझेल तरुणहरुलाई सह्य नहुने चेतावनी दिए।

चिकित्सा शिक्षा क्षेत्रमा आमूल सुधारको पक्षमा नेपाली काँग्रेस र यसका भातृ तथा शुभेच्छुक संस्थाहरु रहेको समेत उनले बताए।

यसअघी काँग्रेस निकट शुभेच्छुक संस्थाहरुले साउन ३ गते प्रदर्शन गरेका थिए। नेपाली काँग्रेसले देशव्यापी आन्दोलनको कार्यक्रम ल्याएको छ। प्रत्येक जिल्ला सदरमुकाममा समेत सरकार विरोधी कार्यक्रम हुने काँग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...