सरकारले सबै मेडिकल कलेज राष्ट्रियकरण गर्ने तयारी, क कस्को कति डुब्ने भो, अब सस्तोमा मेडिकल शिक्षा



 

डा. गोविन्द केसीको अनशन र मेडिकल कलेज सम्बन्धनको बहस अहिले सबैभन्दा पेचिलो राष्ट्रिय मुद्दा बनेको छ । मुद्दाको टुंगो कहिले र कसरी लाग्छ भन्न सक्ने अवस्था छैन । यो कुनै ताजा विषय भने होइन । बाबुराम भट्टराईदेखि अहिलेका प्रधानमन्त्री केपी ओलीसम्म आइपुग्दा हरेक सरकार मेडिकल कलेजहरूलाई सम्बन्धन दिने विषयको विवादमा मुछिएका छन् । यही विषयको सुधारका लागि डा।

 

केसी १५औँ पटक अनशन बसिरहेका छन् । समाजको हरेक क्षेत्र यो विवादमा विभाजित भएका छन् । मेडिकल शिक्षाका जानकार र सरोकारवालाले सबै निजी मेडिकल कलेजको राष्ट्रियकरण समाधानको बिन्दु हुने सुझाएका छन् ।

 

मेडिकल शिक्षा मुनाफारहित बनाऔँ : रामेश्वर खनाल, पूर्वअर्थसचिव

मेडिकल शिक्षा सरकारले चलाउँदैमा राम्रो भइहाल्छ भन्ने होइन । सरकारले चलाएका वीर अस्पताल, क्षिणण अस्पतालको बेथिति हाम्रै अगाडि छन् । भारत, अमेरिकालगायत धेरै देशमा निजी मेडिकल कलेज छन्, तर हाम्रोमा जस्तो बेथिति छैन । कारण, उनीहरूको निजी मेडिकल कलेज पनि मुनाफारहित छन् । अमेरिकाको हावर्ड युनिभर्सिटी र भारतको मेदान्त अस्पताल निजी क्षेत्रबाटै सञ्चालित छन् । तर, उनीहरूले मुनाफा बाँड्दैनन् । त्यहाँ बोर्ड अफ ट्रस्टी हुन्छन् । उनीहरूले नै सञ्चालन गर्छन् ।

 

नफा कमाए त्यही कलेजको सुधारमा लगानी गर्छन् । हामीकहाँ पनि ठूला व्यापारिक घरानाका मान्छेले आफ्ना बाबुआमाको नाममा मेडिकल कलेज सञ्चालन गर्छु भन्छ भने किन नपाउने रु तर, त्यस्ता कलेज मुनाफा कमाउने हुनुभएन । स्थापना भइसकेका मेडिकल कलेजलाई निश्चित समय दिएर लगानी र ब्याजसहित दिएर ट्रस्टमा परिणत गरिनुपर्छ ।

 

मेडिकल मात्र होइन जुनसुकै शिक्षा पनि मुनाफरहित हुनुपर्छ । हामीकहाँ पनि त्यस्तो व्यवस्था गर्न सकिन्छ । निजी विद्यालय, महाविद्यालय, विश्वविद्यालय र मेडिकल कलेजलाई ट्रस्ट (गुठी)मा परिणत गर्ने र निजी क्षेत्रबाट भएको लगानीलाई ऋणमा परिवर्तन गर्ने । ऋणको निश्चित व्याज पनि कायम गर्ने र केही वर्षमा सम्बन्धित ट्रस्टले ऋण चुक्ता गर्ने । यसो गर्न सके अहिले देखिएका सबै विकृति हट्छ । हामीकहाँ बर्सेनि सय प्रतिशतसम्म लाभांश बाँड्ने चलन छ, त्यसको अन्त्य गरिनुपर्छ । शिक्षा ऐनमा विद्यालय, विश्वविद्यालयलाई ट्रस्टमा लैजाने भनिएको पनि छ । त्यसैले यो प्रक्रिया अगाडि बढाउन कानुन बाधक बन्दैन ।

 

गरिब र जेहनदारले पढ्नै नसक्ने अवस्थाको अन्त्य गरिनुपर्छ । अहिले सरकारले दिँदै आएको २० प्रतिशत छात्रवृत्ति ४० प्रतिशत पु(याइनुपर्छ । २० प्रतिशत मेरिटका विद्यार्थीलाई र २० प्रतिशत विपन्न, अल्पसंख्यक र दुर्गमका विद्यार्थीका लागि ।

 

उपयुक्त समय आएपछि म बोलिहाल्छु: गिरिराजमणि पोखरेल, शिक्षामन्त्री

नेपाल सरकारको मन्त्रीको हैसियतले मैले सुरुमै बोलिहाल्नु ठीक हुँदैन । अन्य साथीहरूलाई, नेपाली कांग्रेसका साथीहरूलाई सोध्नुहोस् । यस विषयमा मेरो एउटा धारणा छ । समय परिपक्क भएपछि बोलुँला, अहिले अरू साथीलाई नै बोल्न लगाउनुहोस् । उपयुक्त समय आएपछि म बोलिहाल्छु नि ।

 

सरकारीकरण नै दीर्घकालीन समाधान:  गगन थापा, पूर्वस्वास्थ्यमन्त्री

निजी क्षेत्रबाट सञ्चालन गर्ने नै हो भने पनि मुनाफारहित तरिकाले सञ्चालन गर्नुपर्छ । यो विश्वव्यापी मान्यता नै हो । निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजले एउटा निश्चित समयमा विशेष भूमिका निर्वाह गरे पनि अहिले समग्रमा थिलोथिलो भए ।

 

डा. गोविन्द केसीको अहिलेको मुद्दा चिकित्सा शिक्षा विधेयक सही ढंगले आउनुप(यो भन्ने नै हो । तर, यसरी आउँदा पनि कुनै कानुनी छिद्र खोजेर भविष्यमा कुनै न कुनै बेथिति ल्याउने सम्भावना देखिन्छ । शक्तिशाली आयोग नै बनेपछि त्यसमा बस्ने मानिसको नियत खराब हुन सक्छ र सही प्रतिवेदन नआउन सक्छ ।

 

निजी मेडिकल कलेज सञ्चालकले पनि हाम्रो लगानी फिर्ता गरिदिए हुन्छ भनेका छन् । आर्थिक रूपमा सरकारलाई अप्ठ्यारो पर्ने पनि देखिन्न । अधिकांश मेडिकल कलेज बैंक र वित्तीय संस्थासँग जोडिएका छन्, सरकारलाई सजिलै हुन्छ । निजी लगानीकर्ताको लगानी भुक्तानी दिने मोडालिटीबारे बहस र छलफल गर्न सकिन्छ । बलजफ्ती राज्यले व्यक्तिको सम्पत्ति कब्जा गर्नुहुन्न, तर उनीहरूको लगानी फिर्ता दिएर कानुनसम्मत सरकारीकरण गर्दा कसैले आपत्ति मान्नुहुन्न ।

 

मुनाफाकै लागि मान्छे मरिहत्ते गरेका छन्: डा.केदारभक्त माथेमा, पूर्वउपकुलपति, त्रिवि

चिकित्सा शिक्षा क्षेत्रमा मुनाफा छ र त मान्छे मरिहत्ते गरिरहेका छन् । यसलाई रोक्न ढिला गर्नुहुन्न । राज्यले सञ्चालन गर्न सके निकै राम्रो, सक्दैन भने मुनाफारहित त बनाउनैपर्छ । अधिकांश विकसित देशमा मेडिकल शिक्षा मुनाफारहित हुन्छ । हामीले पनि यो दिशामा कदम चाल्नुपर्छ । सुरुमा त डा. केसीको माग सम्बोधन गर्नुप(यो । उनले भनेअनुसार विधेयक संसद्मा प्रस्तुत गर्नुप(यो र आयोग बनाउनुप¥यो ।

 

समाजवादमा जाने कुरा गरेर शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्न सुहाउँदैन: गौरीबहादुर कार्की, पूर्वन्यायाधीश

कम्युनिस्ट सरकार कुरा समाजवादमा जाने गर्ने, कामचाहिँ स्वास्थ्य र शिक्षा क्षेत्र निजी क्षेत्रलाई सुम्पने कुनै पनि हिसाबले तर्कसंगत हुँदैन ।निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्ने सके त्यो जति राम्रो अरू हुँदैन । तत्काल सकिँदैन भने चरणबद्ध रूपमा योजना बनाएर पनि सकिन्छ । सरकारले सातै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोल्ने कुरा गरेको छ । नयाँ खोल्नुभन्दा भइरहेको निजी किनेर चलाउन सजिलो हुन्छ ।

 

साँचो बुझाउन तयार छौँ : सुरेश कडरिया, अध्यक्ष, निजी मेडिकल एसोसिएसन

निजी मेडिकलको विषय राजनीतीकरण गर्नुपर्ने विषय होइन । तर, गरिँदै छ । यो क्षेत्रमा समस्या छैन हामी पनि भन्दैनौँ । सरकार, निजी क्षेत्र र आन्दोलनरत पक्ष सँगै बसेर छलफल गरे समाधान निस्किहाल्छ । तर, विडम्बना निजी क्षेत्रलाई वार्तामा सहभागी नै गराइँदैन । यहाँ लगानी गर्ने माफिया हुन्छ, लगानी नै नगरी फटाइ गर्नेहरू समाजसेवी हुन्छन् ।

 

सरकारले कानुन बनाउनुप(यो, स्वास्थ्य र शिक्षा क्षेत्रमा निजी क्षेत्रको सहभागिता आवश्यक छैन भन्नुप(यो । निजी लगानीकर्ताको लगानी फिर्ता गरेर सरकारले राष्ट्रियकरण गर्नुप(यो । अर्को उपाए पनि छ । वाणिज्य बैंकहरूमा समस्या आए राष्ट्र बैंकले सिइओ पठाउँछ । निजी मेडिकल कलेजमा पनि सरकारले व्यवस्थापक पठाएर चार–पाँच वर्ष आफैँ व्यवस्थापन गरिदिए भइहाल्यो नि । हामीलाई इक्युटीको १५ प्रतिशत नाफा दिएर सञ्चालन गरिदिए हामी त खुसी हुन्छौँ । त्यसो गर्ने हो भने पनि पहिला म आफैँ आफ्नो मेडिकल कलेजको सा“चो बुझाउन तयार छु ।

 

राष्ट्रियकरण गर्ने वेला भएको छैन: उपेन्द्र यादव, स्वास्थ्यमन्त्री

निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्ने चर्चा बजारमा चलेको छ । तर, यो विषय बहस गर्न योग्य भइसकेको छैन । चर्चापरिचर्चा गर्ने वेला भइसकेको छैन । यसकारण मैले टिप्पणी गर्न जरुरी पनि छैन । सुरुमा विस्तृत अध्ययन हुनुपर्छ, त्यसपछि बहस गरौँला ।

 

राष्ट्रियकरण हुँदा के हुन्छ फाइदा ?

मेडिकल कलेज सम्बन्धनको विवादमा अहिलेसम्म सबै दलका ठूला नेता, संसद्, न्यायालय, विश्वविद्यालयका उपकुलपति, मेडिकल काउन्सिलका पदाधिकारी मात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसमेत मुछिएका छन् । यो विवादले राज्य सञ्चालनको समग्र सिस्टमकै बदनामी भएको छ । राष्ट्रियकरण गरिए विवाद सधैँका लागि हल हुन्छ ।मेडिकल शिक्षामा भइरहेको लुट अन्त्य हुन्छ । गरिब र जेहेनदार विद्यार्थीको पनि मेडिकल शिक्षामा पहुँच बढ्छ ।

 

राष्ट्रियकरण भएका मेडिकल कलेज प्रदेश सरकारमातहत लैजाने र प्रदेशले नै व्यवस्थापन गर्ने हु“दा दुर्गममा चिकित्सक नै नपुग्ने समस्या हल हुन्छ । पटकपटक अनशनरत प्रा।डा। गोविन्द केसीका माग सधैँका लागि सम्बोधन हुने मात्र होइन, समग्र स्वास्थ्य क्षेत्रकै सुधारका लागि कोसेढुंगा साबित हुन्छ । संविधानमा उल्लेख गरिएजस्तै स्वास्थ्य शिक्षा क्षेत्र समाजवादउन्मुख हुन्छ । डा। केसीको अनशनलाई बेवास्ता मात्रै होइन, प्रशासनिक हस्तक्षेप गरिरहेको वर्तमान सरकारको छवि सुध्रिन्छ । गुणस्तरीय चिकित्सक उत्पादनको सुनिश्चितता हुन्छ ।

 

सरकारले सीधै केसीसँग वार्ता गर्ने

सरकारले सीधै अनशनरत डा। गोविन्द केसीसँगै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष केसीसँगै वार्ता गर्ने निष्कर्षमा पुगेको हो । बीचका व्यक्ति वार्तामा बस्दा समस्या समाधानतर्फभन्दा राजनीतिमा बढी केन्द्रित भएको ठहर सरकारको छ ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सरकारले सीधै केसीसँगै वार्ता गर्न वातावरण बनाइरहेको बताए । केसीसँग वार्ता गर्दा सरकारको वर्तमान वार्ताटोली पनि हुनेछैन । केसीले मन्त्रीस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने बताइसकेकाले सरकार यही तयारीमा लागेको हो ।

 

शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेकपाका नेता नारायणकाजी श्रेष्ठ अनौपचारिक तयारीमा लागिसकेको अर्यालले जानकारी दिए ।यसअघि गत सोमबार र मंगलबार सरकार र केसी पक्षका वार्ताटोलीबीच तीन चरण वार्ता भए पनि कुनै सहमति हुन सकेन । सरकारले शिक्षासचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली बनाएको थियो ।

 

केसीको स्वास्थ्य ठीक भएपछि वार्ता

सरकारले केसीको स्वास्थ्य अवस्था सहज भएपछि वार्ता गर्ने जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालका अनुसार सरकारको पहिलो प्रयास केसीको जीवन बचाउनु हो । ‘स्वास्थ्य ठीक भएपछि केसीसँग सरकारले वार्ता थाल्नेछ,’ उनले भने ।

जुम्लामा अनशन बसेका केसीको स्वास्थ्य जटिल भएपछि २०औँ दिनमा बिहीबार सरकारले बल प्रयोग गरी काठमाडौं ल्याएको थियो ।

 

बीचका व्यक्तिमा अविश्वास

केसीको नाममा वार्तामा बस्न आउनेहरूलाई विश्वास गर्ने आधार नदेखिएको सरकारको ठम्याइ छ । अर्यालले भने, ‘केसीका मान्छे कोही देखिएनन् । त्यसैले उनको नाम लिएर उफ्रिनेहरूमा विश्वास गर्ने आधार भएन । सरकारले केसी केही ठीक भएपछि उनीसँगै वार्तामा बसेर निकास निकाल्छ ।’

 

वार्ता अनिश्चित

केसीका सहयोगी डा। जीवन क्षेत्रीले सरकार र केसीबीचको वार्ता थप अन्योलमा परेको बताए । दुई दिनदेखि वार्ताको विषयमा कुरासमेत नउठेको उनले बताए । उनले भने, ‘अहिले वार्ताको विषयमा कुरै नगरम् । हामीले गरेर मात्रै हुन्न, डा। केसीले पनि यसलाई स्वीकार गर्नुपर्छ ।’ वार्ता समिति गठन भएको दुई दिनपछि डा। केसीले सचिवस्तरीय टोलीसँग वार्ता नगर्ने अडान लिएपछि अन्योलमा परेको हो ।

 

सरकारले पनि केसीको जीवनरक्षा पहिलो प्राथमिकता भन्दै वार्ताभन्दा पहिला उपचारमा जोड दिएको छ । तर, केसीले भने बिहीबारदेखि नै स्वास्थ्य जाँच गराउन मानेका छैनन् । उनले स्वास्थ्य जाँच नगर्ने र औषधि पनि नलिने बताएपछि चिकित्सकहरूले जाँच गरेका छैनन् ।

 

केसीलाई उचाल्ने कांग्रेस होइन:  शेरबहादुर देउवा, सभापति, कांग्रेस

अनशनरत डा। गोविन्द केसी कसैले उचालेर उचालिने व्यक्ति होइनन् । उनी अरूले उचालेको आधारमा अनशन बस्ने व्यक्ति होइनन् । उनले उठाएका माग देश र जनताको हितमा छ । त्यसैले डा। केसीको माग सरकारले तत्काल पूरा गर्नुपर्छ ।

 

मैले केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई पनि भनेको छु । हाम्रो पार्टी र आमनागरिक केसीको पक्षमा उभिएका छौँ । यसअघि मेरो सरकारको पालामा तयार पारेको अध्यादेश जस्ताको तस्तै विधेयकका रूपमा ल्याए उनको माग सम्बोधन हुन्छ ।

 

अस्पतालका निमित्त निर्देशकद्वारा राजीनामा

शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्राध्यापक डा. दीपकप्रकाश महराले पदबाट राजीनामा दिएका छन् । शुक्रबार डा.महराले पदबाट राजीनामा दिएको बताएका हुन् । केही दिनअघि चारवर्षे कार्यकाल सकिएका महरालाई सरकारले अर्को व्यवस्था नहुँदासम्म भन्दै तीन महिना म्याद थपेको थियो । तर, डा. केसीले शिक्षण अस्पतालमा पुनः अनशन सुरु गरेपछि उनले राजीनामा दिएका हुन् ।

 

आन्दोलनका कारण स्वास्थ्य संस्था धराशायी बन्ने भएपछि उनले राजीनामा दिएको जानकारहरू बताउँछन् । डा. महराले भने पारिवारिक कारणले राजीनामा दिएको बताएका छन् । तर, महराले विगतदेखि नै स्वास्थ्य संस्थामा आन्दोलन गर्न नहुने भन्दै केसीको अनशनप्रति फरक मत राख्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति

बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले