नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक



हाम्रो इकोनोमि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । ऊर्जामन्त्रालयमा आज भएको शिष्टाचार भेटमा ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

भेटमा मन्त्री पुनले आफू ऊर्जा मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै ऊर्जा र जलविद्युत् क्षेत्रको समग्र विकासका लागि श्वेतपत्र जारी गरेको जानकारी दिँदै १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको बताए । उनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारलाई थप लगानी आवश्यक रहेकाले त्यसका लागि अष्ट्रेलियन सरकारको तर्फबाट सहयोगको अपेक्षा राखेको उल्लेख गरे ।

ऊर्जामन्त्री पुनले भेटमा अष्ट्रेलियन सरकारले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा गरेको सहयोगप्रति सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । अष्ट्रेलियन राजदूत बडले ऊर्जामन्त्रालय मातहतका निकायलाई विज्ञ उपलब्ध गराई प्राविधिक सहयोग उपलब्ध गराउन अष्ट्रेलियन सरकार तयार रहेको बताइन् । उनले ऊर्जा क्षेत्रमा काम गर्न आफूहरु इच्छुक रहेको समेत बताइन् । राजदूत बडले सौर्य ऊर्जामा लगानी गर्न अष्ट्रेलियन कम्पनीहरु इच्छुक रहेको जानकारी मन्त्री पुनलाई दिएकी थिइन् । उनले निजी क्षेत्रको एक अष्ट्रेलियन कम्पनीले नेपालमा तीन सय मेगावाटको सौर्य प्रणाली स्थापना गर्ने इच्छाव्यक्त गरेको समेत भेटमा बताइन् ।

प्राविधिक सहयोगसम्बन्धमा हस्ताक्षर

यसैगरी ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जामन्त्री पुनको उपस्थितिमा आज कम्पनीका प्रबन्ध निर्देशक मोहनराज पन्त र अष्ट्रेलियन डेभलपमेन्ट कोअपरेशनका अधिकारीबीच १२ बुँदे सहझदारीपत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्रिय महत्वका जलविद्युत् परियोजनाको विकासमा प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउने विषयमा समझदारीपत्र केन्द्रीत रहेको प्रबन्ध निर्देशक पन्तले बताए । त्यसैगरी समझदारीअनुसार अष्ट्रेलियाले विद्युत् गृहको स्वरुप निर्धारण र पुनरावलोकनमा सहयोग गर्नुका साथै भू–प्राविधिक कार्यमासमेत सहयोग गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...