प्रधानमन्त्रीले पोखराबाट थाले ‘अनुगमनको पनि अगुगमन’  छड्केमा परिइला है  



हाम्रो इकोनोमि

सरकारले ‘अनुगमनको पनि अगुगमन’को सुरुआत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पोखारामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनगुगनमा गर्दै अभियानको सुरुआत गरेका हुन् ।

चालु आर्थिक वर्षको लागि पारित भएको बजेटमा नै प्रधानमन्त्री कार्यालयमार्फत ‘अनुगमनको पनि अनुगमन’ गर्ने घोषणा भएको थियो ।

बिहीबार पोखरा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमा विमानस्थलको निर्माण सक्न निर्देशन दिए । ‘योजनाअनुसार सन् २०२१को जुलाईसम्म विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको परीक्षण भइसक्नुपर्छ,’ आयोजनासम्बद्ध अधिकारीहरुलाई निर्देशन दिँदै ओलीले भने,’अन्तर्राष्ट्रिय भनेपछि सेवासुविधा र यन्त्र उपकारण सबै अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले आयोजना निर्माणमा हुने ढिलाई सरकारका लागि स्वीकार्य नहुने पनि चेतावनी दिए । प्रधानमन्त्री ओलीले पोखरा विमानस्थललाई सुविधायुक्त बनाउन जग्गा नपुग्ने भए थप जग्गा अधिग्रहण गरेर भएपनि आयोजना सम्पन्न गर्न निर्देशन दिए ।

अब लगातार राष्ट्रिय गौरब र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा अनुगमन गरिने प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले बताए ।

‘मुख्य रुपमा यस्त आयोजनामा सम्बिन्धत मन्त्रालय र विभागहरुबाटै अनुगमन हुन्छ । तर, पनि काम समयमै गुणस्तरीय तवरले नभएको गुनासो आउँछ । त्यसैले अब राष्ट्रिय गौरबका आयोजनाहरुमा आवश्यक्ताका आधारमा प्रधानमन्त्रीज्यू आफैं अनुगमनमा निस्कनुहन्छ,’ उनले भने,’प्रधानमन्त्री कार्यालय आफैंले पनि गौरबका आयोजनाकाहरुको प्रगतिमा चासो दिन्छ । अनुगमनाको पनि अनुगमन गर्छ ।’

हालसम्म पोखरा विमानस्थलमा १५ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए ।

सरकारको नीति तथा कार्यक्रममार्फत अनुगमनलाई प्रभावकारी र पारदर्शी बनाउन प्रधानमन्त्री कार्यालयबाट अनुगमन गर्नेहरुको पनि ‘अनुगमन’ गर्ने नीति लिइएको उल्लेख छ ।

अहिले अनुगमन गर्ने निकायहरु नै विभिन्न विवादमा पर्ने गरेका छन् । अनुगमनका नाममा कर्मचारीले धन्दा चलाउने गरेको आशंका गरिन्छ । त्यसलार्इ सम्बोधन गर्न सरकारलो यो नीति ल्याएको हो ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...