समर्थक कुटिएपछि काठमाडौं आउन तयार भए डा. केसी



 

जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।

प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको म हेर्न सक्दिँन, जान्छु भन्नु भएको छ’ डा. विषद दहालले भने ।

जुम्लामा डा. केसीका समर्थकमाथि लाठी चार्ज

जुम्लामा प्रहरीले डा. गोविन्द केसीका समर्थकमार्थि लाठी चार्ज गरेको छ । डा. केसीलाई प्रतिस्पथापन विधेयक फिर्ता नभइ जाने नदिने अडानका साथ उनको समर्थनमा रहेका डाक्टर, नर्स र आमनागरिकमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

सुरक्षा कारवाहीमा धेरै व्यक्ति घाइते भएका छन् । तर संख्या यकिन हुन नसकेको प्रत्यक्षदर्शीले बताए । यसलाई अस्पतालबाट डा. केसीलाई बल प्रयोग गरी हेलिकप्टरमा राखी अस्पताल ल्याउने तयारीका रुपमा हेरिएको छ । डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएको २० दिनदेखि अनशनरत छन् ।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण