सुरक्षाकर्मी अस्पतालबाट पछि हट्यो, हेलिकोप्टर डा केसी बिना काठमाडौं फर्कने तयारीमा



हाम्रो इकोनोमि

 

सुरक्षाकर्मी स्थानीय जुम्ली आमा समूह, नागरिक समाज, चिकित्सक विद्यार्थी र जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीबाट पछाडि हटेको छ । जबरजस्ती अस्पताल हाताभित्र छिरेर अस्पताल घेराउ गरेको सुरक्षाकर्मी विद्यार्थी, नागरिक समाज र कर्मचारीको अडानरुपी प्रतिकार सामु टिक्न नसकेपछि पछाडि हटेको हो ।

एकतर्फी रुपले प्राडा गोविन्द केसीलाई उनकै सहमति विपरित अपहरण शैलीमा जवरजस्ती काठमाडौं ल्याउने तयारी गरेपछि सबै एकजुट भएर प्रतिकार गरेका हुन् ।

यो प्रतिकारपछि सरकार पछाडि हटेको छ । २० दिनदेखि आमरण अनसनरत डा केसीलाई ल्याउन आएको हेलिकोप्टर रित्तै काठमाडौं फर्कने तयारीमा रहेको बताइएको छ ।

विद्यार्थीहरुले प्रहरीलाई अस्पताल हाताबाट बाहिर ल्याउन सफल भएको डा नारायण कर्णेलले जानकारी दिएका छन् ।

त्यसैगरी अस्पताल हाता बाहिर जुम्ली नागरिक समाज र आमा समूहले चर्को नाराबाजी गर्दै प्रहरी प्रशासनलाई हालय कायल बनाएका हुन् ।

उनीहरुले अपहरण गर्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् ।

डा केसीले पनि आफू यथास्थितिमा कुनै पनि हालतमा काठमाडौं नजाने बताउँदै आएका छन् । केसीले आफ्नो आन्दोलन तुहाएर सरकारले आफू खुशी संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गराउने उद्धेश्यमा लागेको भन्दै प्रतिकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...