सुरक्षाकर्मी अस्पतालबाट पछि हट्यो, हेलिकोप्टर डा केसी बिना काठमाडौं फर्कने तयारीमा



हाम्रो इकोनोमि

 

सुरक्षाकर्मी स्थानीय जुम्ली आमा समूह, नागरिक समाज, चिकित्सक विद्यार्थी र जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीबाट पछाडि हटेको छ । जबरजस्ती अस्पताल हाताभित्र छिरेर अस्पताल घेराउ गरेको सुरक्षाकर्मी विद्यार्थी, नागरिक समाज र कर्मचारीको अडानरुपी प्रतिकार सामु टिक्न नसकेपछि पछाडि हटेको हो ।

एकतर्फी रुपले प्राडा गोविन्द केसीलाई उनकै सहमति विपरित अपहरण शैलीमा जवरजस्ती काठमाडौं ल्याउने तयारी गरेपछि सबै एकजुट भएर प्रतिकार गरेका हुन् ।

यो प्रतिकारपछि सरकार पछाडि हटेको छ । २० दिनदेखि आमरण अनसनरत डा केसीलाई ल्याउन आएको हेलिकोप्टर रित्तै काठमाडौं फर्कने तयारीमा रहेको बताइएको छ ।

विद्यार्थीहरुले प्रहरीलाई अस्पताल हाताबाट बाहिर ल्याउन सफल भएको डा नारायण कर्णेलले जानकारी दिएका छन् ।

त्यसैगरी अस्पताल हाता बाहिर जुम्ली नागरिक समाज र आमा समूहले चर्को नाराबाजी गर्दै प्रहरी प्रशासनलाई हालय कायल बनाएका हुन् ।

उनीहरुले अपहरण गर्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् ।

डा केसीले पनि आफू यथास्थितिमा कुनै पनि हालतमा काठमाडौं नजाने बताउँदै आएका छन् । केसीले आफ्नो आन्दोलन तुहाएर सरकारले आफू खुशी संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गराउने उद्धेश्यमा लागेको भन्दै प्रतिकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...