सरकारले अपहरण गरेर काठमाडौं लैजान खोज्दैछ – डा.केसी



हाम्रो इकोनोमि

 

चिकित्सा शिक्षा सुरधा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमविविएस डाक्टरी पढाइ सुरु गर्नुपर्ने लागायतका माग राखेर अनसनरत डा.केसीलाई सरकारले काठमाडौं लैजान हेलीकप्टर जुम्ला पठाएको छ।

बुधवार साँझ नेकपाको केन्द्रिय कमिटिको वैठकले विहिवार डा.केसीलाई जुम्लाबाट काठमाडौं लैजाने निर्णय गरेपछि डा.केसी कुनैपनि हालतमा काठमाडौं नजाने आडान लिएका छन । छन् । डा.केसी आमरण अनसन बसेको २० दिन पुगेको छ।

‘मेरो स्वास्थ्य प्रति सरकार चिन्तित छ सम्वेदनशिल छ भने मेरो मागहरु पुरा गर्न तर्फ लाग्नुपर्छ’,  डा.केसीले वताए। मलाई अपहरण गरेकार काठमाडौं लैजादैछ उनले भने, अपहरण गरेर हाम्रो अभियान तुहाउन खोजिरहेको छ।

माग पुरा गर अनसन तोड्छु। यो मेरो लागि पवित्रस्थल हो। चन्दननाथ वावाको काखमा वसेर सत्याग्रह गर्ने अवसर पाएको डा.केसीले बताए । जव सम्म मेरो माग पुरा हुदैन तवसम्म जुम्लामै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै सत्याग्रह वस्छु उनले भने, मेरो अधिकार हनन गर्ने कसैलाई अधिकार छैन।

जुम्लामै चिकित्सकहरुले मेरो उपचार गरिरहेका छन्। जुम्लामा रहेका चिकित्सकहरुले गरिरहेको उपचार प्रति आफु सन्तुष्ट रोहेको डा.केसीले वताए।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...