सरकारले अपहरण गरेर काठमाडौं लैजान खोज्दैछ – डा.केसी



हाम्रो इकोनोमि

 

चिकित्सा शिक्षा सुरधा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमविविएस डाक्टरी पढाइ सुरु गर्नुपर्ने लागायतका माग राखेर अनसनरत डा.केसीलाई सरकारले काठमाडौं लैजान हेलीकप्टर जुम्ला पठाएको छ।

बुधवार साँझ नेकपाको केन्द्रिय कमिटिको वैठकले विहिवार डा.केसीलाई जुम्लाबाट काठमाडौं लैजाने निर्णय गरेपछि डा.केसी कुनैपनि हालतमा काठमाडौं नजाने आडान लिएका छन । छन् । डा.केसी आमरण अनसन बसेको २० दिन पुगेको छ।

‘मेरो स्वास्थ्य प्रति सरकार चिन्तित छ सम्वेदनशिल छ भने मेरो मागहरु पुरा गर्न तर्फ लाग्नुपर्छ’,  डा.केसीले वताए। मलाई अपहरण गरेकार काठमाडौं लैजादैछ उनले भने, अपहरण गरेर हाम्रो अभियान तुहाउन खोजिरहेको छ।

माग पुरा गर अनसन तोड्छु। यो मेरो लागि पवित्रस्थल हो। चन्दननाथ वावाको काखमा वसेर सत्याग्रह गर्ने अवसर पाएको डा.केसीले बताए । जव सम्म मेरो माग पुरा हुदैन तवसम्म जुम्लामै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै सत्याग्रह वस्छु उनले भने, मेरो अधिकार हनन गर्ने कसैलाई अधिकार छैन।

जुम्लामै चिकित्सकहरुले मेरो उपचार गरिरहेका छन्। जुम्लामा रहेका चिकित्सकहरुले गरिरहेको उपचार प्रति आफु सन्तुष्ट रोहेको डा.केसीले वताए।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...