रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते



हाम्रो इकोनोमि

रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ४ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ ।

 

दुर्घटनामा मृत्यु हुनेमा रुकुमको पुथा उत्तरगंगा गाउँपालिका १ का कुमार पुन र वुद्धिराज पुन, पुथा उत्तरगंगा २ का किरण पुन, ४ का अर्जुन विक, १२ का तिर्सना तुलाचन र १४ का सालेना वर्मा रहेका छन् । त्यस्तै बाँकेकी ललिता परियारको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सई वीरबहादुर कार्कीले जानकारी दिए ।

 

दुर्घटनामा घाइते भएका मुसीकोट नगरपालिका १२ का जयवीर कामी, पुथा उत्तरगंगा ११ का प्रतिमा बु्ढामगर, पुथा उत्तरगंगा २ का धनीराम पुन र सम्झना पुनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

११ जना मानिस चढेको जीप भीरमा सडकदेखि एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...