अन्तत: सातवटै प्रदेशमा हुने नै भयो (नेकपा) नेतृत्वको सरकार, प्रदेश २ मा मण्डल मुख्यमन्त्री बन्ने !



 

नेकपाले संघीय समाजवादी फोरम नेतृत्वको प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएको छ । यही कारण आफूहरू प्रदेश सरकारको नेतृत्व सम्हाल्ने तयारीमा रहेको नेकपाका नेताले बताएका छन् ।

 

नेकपा नेता एवं तत्कालीन एमाले प्रदेशसभा संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकारमा सहभागी हुने संकेत गरेका छन् । प्रदेश सरकार असफल भइसकेका कारण अब चाँडै आफूहरूले नेतृत्व सम्हाल्ने उनको दाबी छ ।

 

‘हामी पनि सरकारमा जान्छौं किनकि हाम्रो पार्टी अब ठूलो भइसकेको छ’, नेता मण्डलले भने, ‘त्यसकारण अब हामी चुप लागेर बस्दैनौं ।’ एमाले-माओवादी केन्द्र कानुनी रूपमा एकीकरण भइसकेपछि आफूहरू सरकार गठनमा लाग्ने उनले सुनाए । ‘उपयुक्त समयमा सरकारमाथि हामी हिट गर्छौं’, उनले भने ।

 

नेकपाकै नेता एवं तत्कालीन माओवादी केन्द्र प्रदेशसभा संसदीय दलका नेता रामचन्द्र मण्डलले पनि ठूलो दलको हैसियतमा आफूहरूले सरकारको नेतृत्व लिनेबारे छलफल सुरु गरेको बताएका छन् । एमाले र माओवादी केन्द्र कानुनी रूपमा एक नभइसकेको हुनाले औपचारिक रूपमा सरकार गठनको पहल गर्न कठिनाइ रहेको उनको तर्क छ । ‘तापनि, अहिलेदेखि नै हामीले सबैसँग भित्री रूपमा पहल सुरु गरिसकेका छौं’, उनले भने ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणदेखि प्रहरी ऐन निर्माणलगायत विषयमा केन्द्रसँग समन्वय नगरेकाले पछिल्लो समय केन्द्र र प्रदेश सरकारबीचको दूरी बढेको विश्लेषक बताउँछन्् । प्रधानमन्त्री केपी ओली प्रदेश सरकारसँग असन्तुष्ट रहेको जनाइएको छ ।

 

‘प्रदेश सरकारले असार तेस्रो साता संयोजन गरेको कार्यक्रममा प्रधानमन्त्री ओली आउने कार्यक्रम थियो’, एक विश्लेषकले भने, ‘तर अन्तिम समयमा उहाँले कार्यक्रम रद्द गर्नुभयो । यसबाटै कस्तो सम्बन्ध छ भन्ने पुष्टि हुन्छ ।’ अनेकन मुद्दामा केन्द्र र प्रदेश सरकारबीच मतभेद रहेको उनीहरूको भनाइ छ ।

 

प्रदेश २ मा फोरम-राजपा गठबन्धनसँग ५४ जना सांसद छन् । संघीय समाजवादी फोरमसँग २९ र राजपासँग २५ जना प्रदेशसभा सदस्य छन् । नेकपासँग ३२ जना सांसद छन् । एमाले र माओवादी केन्द्र एकीकरणपछि नेकपा अहिले प्रदेशको ठूलो पार्टी बनेको हो ।

 

स्रोतका अनुसार संघीय फोरम वा राजपामध्ये एकलाई साथमा लिएर नेकपाले सरकार बनाउने गृहकार्य थालेको हो । नेकपाले आफू नेतृत्वमा सरकार चलाउने तयारी थालेपछि फोरम-राजपा गठबन्धन जोखिममा पर्न सक्ने भन्दै अड्कलबाजी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण