ससुराको हत्या गर्ने बुहारीलाई जन्मकैद, यसरी जाकियो प्रहरीको खोरमा



हाम्रो इकोनोमि

 

पूर्वी मकवानपुरको बकैया गाउँपालिका-७ की ठूलीमाया स्याङतानलाई सुसुराको हत्या गरेको भन्दै जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला सुनाएको छ । गत चैत्त १२ गते ससुराको हत्याको अभियोगमा उनलाई पूर्पक्षको लागि थुनामा पठाइएको थियो ।

 

ससुरा सुर्यबहादुर स्याङ्तानको हत्या गरेको भन्दै प्रहरीले ठूलीमाया र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिएको थियो ।

हत्यामा संलग्न बुहारी ठूलीमायालाई सर्वस्वसहित जन्मकैद तथा नातिनी १५ वर्षकी मनितालाई ५ वर्ष कैद फैसला गरेको हो ।

नातिनीको हकमा भने बालिग रहेको कारण दुइवर्ष मात्र कैद तोकिए पनि बालिका भएको भन्दै अदालतले फैसला स्थगन गरेको छ ।

हत्याको खबर आएपछि बकैयास्थित हात्तिसुँडे प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न भएको भन्दै बुहारी ठूलीमाया स्याङ्तान र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिइएको थियो ।

हत्या भएका सुर्यबहादुरका ५ जना छोरा रहेका छन् । उनीहरुमध्ये २ जना कामको सिलसिलामा विदेशमा छन भने ३ जना काठमाडौँमा रहेको प्रहरीले जनाएको छ ।

ठूलीमायाले ससुराको हत्या गर्ने क्रममा उनका श्रीमान भने विदेशमा थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...