हिन्दूराष्ट्र फर्काउन भन्दै राप्रपाले थाल्यो जनजागरण अभियान, राजतन्त्र फर्काउन भन्दै देशव्यापी भ्रमणमा निस्किए पारस शाह



 

नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्ने भन्दै कमल थापा नेतृत्वको राप्रपाले हिन्दुराष्ट्र पुनस्र्थापना अभियान थालेको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत राप्रपाले हिन्दूराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियानको थालनी  गरेको हो ।

नेपाल सदियौंदेखि सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका रुपमा रहँदै आएको र सनातन धर्म व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय जिवनसँग अभिन्न र अविभाज्य रुपमा गाँसिएर आएको बिषय भएकाले नेपाललाई हिन्दू राष्ट्र बनाइनु पर्ने राप्रपाले माग गर्दै आएको छ ।

अभियानको शुभारन्भ कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा, बालसन्त जगदगुरु मोहनशरण आचार्यसहित धार्मिक गुरुहरु, अभियान्ताहरु र विभिन्न धार्मिक संघसंस्थाहरुको सहभागीता रहेको थियो ।

 

राजतन्त्र फर्काउन भन्दै देशव्यापी भ्रमणमा निस्किए पारस शाह, हिमानीसँग डिर्भोस गर्ने मुडमा पारस शाह, ज्ञनेन्द्र चिन्तामा

पूर्वयुवराज पारस शाह सुटुक्क धनगढी आई पुगेका छन्। कर्मनिष्ठ अभियानका क्रममा देशव्यापी भ्रमणमा निस्किएका पूर्व युवराज पारस बुधवार साझ धनगढी आई पुगेका छन्। उनलाई धनगढीमा उनका समर्थकहरुले स्वागत गरे। उनी धनगढीको रुवस होटलमा बसेका छन्।

 

शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतका अनुसार देश र जनताको अवस्था बुझ्‍न र कर्मनिष्ठ अभियानका क्रममा पूर्व युवराज पारस धनगढी पुगेका हुन। उनले पूर्वयुवराज पारस करीव दुई हप्ता प्रदेश नम्बर७ मा रहने समेत जानकारी दिए।

 

असार ९ गते लमजुङबाट कर्मनिष्ठ अभियान शुरु गरेका पूर्व युवराज पारस मनकामना र गोरखनाथ मन्दिरको दर्शनपछि समर्थक सहित स्थलमार्ग भएर देशव्यापी भ्रमणमा निस्किएका हुन्।

 

लमजुङ, गोरखा, पोखरा, रुपन्देही हुँदै नेपालगञ्‍ज भएर पूर्वयुवराज पारस धनगढी आइपुगेका छन् र करिब दुई साता धनगढीमै बस्ने छन्। पारस धनगढी पुगेदेखि नै उनका समर्थकको रुवस होटलमा घुँईचो लागेको छ। भेटघाट गर्ने क्रम चलिरहेको छ।

 

हिमानीसँग डिर्भोस गर्ने मुडमा पारस शाह,नेपालगञ्जमा परिवारसँग नबसी अर्कै होटलमा बसे

पूर्वराजपरिवारका सदस्यहरुसहित नेपालगञ्ज पुगेका पूर्व युवराज पारस शाह छुट्टै होटलमा बसेका छन्। पूर्वराजा ज्ञानेन्द्रसहित राजपरिवारका सबै सदस्य सोल्टी होटलमा बसेका छन्।

 

नेपालगञ्जमा आएपछि साँझसम्म सोल्टी होटलमा छोराछोरीसँग गफिएका पारस सुत्न भने साथीहरुसँग सिद्धार्थ होटलमा पुगेका हुन्। छोराछोरीसँग सोल्टी होटलको परिसरमा निस्केर केहीबेर गफ गरेपछि ‘बाई’ भन्दै उनीहरु सिद्धार्थतिर लागेका थिए।

 

बा १४ च २१३१ नम्बरको गाडीमा पारस सिद्धार्थमा आएर सुतेका हुन्। बिहीबार बिहान साढे दश बजे सोल्टी होटलको गेटमा पुगेका पारस फेरि फर्किएका थिए। होटलमा गेटमा पुगे पनि उनी गाडीबाट उत्रिएनन्।

 

पारस शाह नेपालगञ्ज आउँदा पनि बाइरोड भएर गाडीमा आएका थिए। गाडीबाट सिधै सोल्टी होटलमा पुगेका उनी साँझ श्री एयरलाइन्सबाट नेपालगञ्ज आएका पूर्वराजा, रानी, छोरी, नातिनातिनी केहीबेर समर्थकको ‘स्वागत’ पछि होटलमा पुगेका थिए। हिमानी भने अलिकति पहिला नै बुद्ध एयरबाट नेपालगञ्ज आएर सोल्टीमा पुगेकी थिइन्।

 

काठमाडौंमा घरपरिवारबाट छुट्टै बस्ने गरेका पारस नेपालगञ्जमा आएपछि एकै ठाउँम बस्छन् कि बस्दैनन् भन्ने चासोका साथ हेरिएको थियो।

पछिलो समय पारश शाह हिमानीसँग डिर्भोस गर्ने मुडमा रहेको बुझिएको छ । पारशमा सुधार आएपनि हिमानीले विश्वाश नगरेपछि यस्तो अबस्ता आएको बिषेश स्रोतको दाबी छ ।

 

स्रोतका अनुसार, उनी सोल्टी साँझ केहीबेर बस्दा पनि बाबु, आमा, श्रीमती र बहिनीबाट अलग भई छोरीहरुसँग मात्रै कुराकानी गरिरहेका थिए।

 

होटलमा आउने बित्तिकै पूर्वराजाले स्थानीय दिनेश विष्टसँग गफ गरिरहँदा पारस एकातिर छेउमा छोरीहरुसँग कुराकानी गरिरहेका थिए। केहीबेरपछि उनी दुई छोरीलाई लिएर बाहिर निस्केका थिए। छोरीहरुसँग हाँस्दै गफ गरेका पारस केहीबेर पछि बिदा भएर निस्केका थिए।

 

पारस आफ्नै तालले हिड्न थालेपछि यहाँका सुरक्षा अधिकारीहरु चिन्तित भएका छन्। सोल्टीबाट पारस कहाँ गए भन्ने नै धेरैबेरपछि प्रहरीले पत्ता लगाएको थियो।

 

एकथरीले २२ गते साँझ आउने गरी काठमाडौं नै फर्किएको बताइरहेका थिए। पारस बिहीबार दिनभरी पनि सोल्टीमा भन्दा बाहिरबाहिर हिडेका छन्।

 

यही २३ गते पूर्वराजा ज्ञानेन्द्रको जन्म दिन मनाउन पूर्वराजपरिवारका सदस्यहरु नेपालगञ्ज आइपुगेका छन्। यता, पूर्वराजाको जन्म दिनलाई भब्य बनाउनका लागि राजा समर्थकहरु कस्सिएर लागेका छन्। राजालाई अभिनन्दन पत्र चढाउने तयारी भएको छ।

 

नागरिक अभिनन्दन मूल समितिका संयोजक दीपकबहादुर सिंहले २३ गते राजालाई नागरिक अभिनन्दन पत्र चढाउने तयारी भएको बताए। उनले त्यस विषयमा बिहीबार बिहान पनि राजाका सचिवसँग छलफल गरेर आएका छन्।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण