महानगर भन्छ – फोहोर केही दिन घरमै राख्नू, बिरामी भए गर्दिने हो उपचार ?



हाम्रो इकोनोमि

राजधानी उपत्यकामा २ सातादेखि फोहोर उठेको छैन । जनसंख्याका हिसाबले देशकै ठूलो काठमाडौं, ललितपुर महानगरपालिकाको फोहोर उठ्न नसकेको हो ।

फोहोर संकलन नहुँदा राजधानी दुर्गन्धित बनेको छ । चोक–चोकका सडक र घर अगाडि फोहोरको डंगुर थुप्रिएको छ । सडक किनारमा थुपारिएको फोहोरले वरिपरिका स्थानीयवासी र पैदलयात्रुहरु अप्ठ्यारोमा परेका छन् । सडक किनारमा फोहोरका डंगुर थुप्रिँदा सवारी आवागमनमा समेत समस्या देखिएको छ ।

पानी पर्ने मौसम र गर्मी भएकाले घर वरिपरि फोहोर हुँदा सरुवा रोग र महामारी फैलिन सक्ने खतरा पनि बढेको चिकित्सकले बताएका छन् । घामपानीले कुहिएर फोहोरले चारैतर्फ दुर्गन्ध फैलाउँदा विभिन्न खाले सरुवा रोग फैलिन सक्ने सरुवा रोग विशेषज्ञहरुले बताईरहेका छन् ।

उअहिले सडकमा जथाभावी फालिएको फोहोर कुहिँदा ब्याक्टेरिया पानीबाट हाम्रो खानामा जाँदा जण्डिस, टाइफाइट, झाडापखाला लगायतका रोग लाग्ने खतरा बढेको छ ।
यसबाट बच्न उपत्यकावासीले अनिवार्य रुपमा उमालेको पानी पिउनुपर्छ ।’ फोहोर कुहिएर दुर्गन्ध फैलिँदा समेत सम्बन्धित निकाय मौन बसेका छन् । मानिस बिरामी नपर्ला भन्न सकन्नि यदि बिरामी भए त्यसको उपचार समेत आफैले गर्नुपर्छ। फोहोर फाल्ने ठाउँ छैन भन्दै घरमै राखि त्यसले बिरामी परे महानगरले गर्दिन्छ त उपचार ?

काठमाडौं उपत्यकाबाट नियमित रुपमा फोहोर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा स्थानको अभाव हुँदा नियमित फोहोर उठ्न नसकेको भन्दै महानगरले केही दिनका लागि फोहोर नउठ्ने सूचना जारी गरेको थियो । तर, सूचना जारी गरेको १ हप्ता नाघिसक्दा पनि महानगरपालिका लगायतका सम्बन्धित निकायले गैरजिम्मेवार जवाफ दिइरहेका छन् ।

काठमाडौं महानगरपालिकाका अनुसार व्यवस्थापन गर्ने स्थानको अभावसँगै सिसडोल पुग्ने बाटो बिग्रिएका कारण उपत्यकाको फोहोर उठ्न नसकेको हो । बाटोको मर्मत भइरहेपनि नियमित वर्षाका कारण समस्या देखिएको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताए ।

अझै केही दिन धैर्य गर्न महानगरवासीलाई आचार्यको आग्रह छ । उनले भने, ‘अहिले पानी पनि परिरहेको छ । बाटोमा खाल्डाखुल्डी छन्, ठाउँठाउँमा पहिरो पनि गएको छ । केही दिनमै व्यवस्थापन हुन्छ,’ उनले भने । व्यवस्थापनका काम सकिएपछि नियमित फोहोर संकलन हुने भएकाले केही दिन धैर्य गरी घरबाट निस्केको फोहोर घरमा नै व्यवस्थापन गरी सहयोग गरिदिन महानगरवासीलाई उनको आग्रह छ ।

काठमाडौं महानगरले सन् २००७ मा ३ वर्षका लागि फोहोर व्यवस्थापन गर्ने भनेर लिएको नुवाकोट जिल्लास्थित ओखरपौवा र सिसडोल अहिले उपत्यकाको फोहोरले भरिएपछि समस्या उत्पन्न भएको हो । सिसडोल र ओखरपौवा उपत्यकाको फोहोर व्यवस्थापन गर्ने प्रमुख क्षेत्र हुन् ।

उपत्यकाबाट सिसडोल र ओखरपौवाका ल्याण्डफिल साइटमा दैनिक करीब ११ सय मेट्रिक टन फोहोर पुग्ने अनुमान गरिन्छ । यसमध्ये करीब ५ सय ५० मेट्रिक टन महानगरबाट उत्पादित फोहोर हो भने बाँकी अन्य नगर र जिल्लाबाट संकलन हुने फोहोर हो ।

यसअघि धादिङ र नुवाकोट जिल्लाको सीमानामा रहेको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने भनिएपनि व्यवस्थापन क्षेत्र अझै निर्माण गर्न सकिएको छैन । नयाँ ल्याण्डफिल साइट अझै निर्माण नहुनु र भएका ल्याण्डफिल साइट भरिँदै जाँदा राजधानीका सडकमा फोहोर थुप्रिएको हो ।

त्यसैमाथि वर्षाको मौसममा ल्याण्डफिल साइटको सडक बिग्रनु र फोहोर बोकेका गाडी फसेका कारण समस्या उत्पन्न भएको महानगरपालिकाले जनाएको छ । तर, समस्या देखाएर मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने फोहोरको वैकल्पिक व्यवस्थापन गर्न नखोज्नु सरकारको गम्भीर गल्ती भएको मानवअधिकारकर्मीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...