भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा



हाम्रो इकोनोमि

 

 

नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सजना गर्न वार्तामा बसेको हो कि भन्ने आशंका पैदा भएको संघले जनाएको छ ।

 

संघले भनेको छ, सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा. केसीले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।’

 

चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।

 

‘एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्‍याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।’

सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि चिकित्सक संघले दिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...