प्रहरी इन्स्पेक्टरनै काठ चोरी धन्दामा, स्थानीय युवाले यसरी पक्राउ गरे



हाम्रो इकोनोमि

 

जिल्लाको वीपीनगर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नृपबहादुर बोहरालाई स्थानीयले अवैध सिसौको काठ बोकेको ट्रयाक्टरसहित नियन्त्रणमा लिएपछि उनी जिल्लामा तानिएका छन् ।

 

सोमबार राति प्रहरी निरीक्षक बोहराले काठ तस्करी गरेर धनगढीतर्फ लैजाँदै गरेको सूचनाका आधारमा स्थानीय युवाले उनलाई नियन्त्रणमा लिएको बडिकेदार गाउँपालिका–१ का वडाध्यक्ष डम्बरबहादुर बोहराले बताए ।

काठ चोरी गर्नमा प्रयोग गरिएको से १ त ५१८९ नम्बरको ट्याक्टर समेत स्थानीयले नियन्त्रणमा दिएका छन् ।

स्थानीयहरुका अनुसार प्रहरी निरीक्षक बोहराले ६ वटा सिसौका गोलिया ट्याक्टरमा लोड गरेर लैजाँदै गरेका थिए । उनले काठ लोड गर्नमा समेत प्रहरीलाई नै प्रयोग गरेको स्थानीयहरुको आरोप छ ।

बरामद गरेको काठ र ट्रयाक्टर अहिले विपीनगर प्रहरी चौकी नजिक राखिएका छन् ।

काठ चोरीको आरोप लागेका प्रहरी निरीक्षक बोहरालाई कारबाहीको माग राख्दै स्थानीयले इलाका प्रहरी कार्यालय विपीनगरमा धर्नासमेत दिएका छन् ।

स्थानीयहरुले इलाका वन कार्यालय, वीपीनगरमा प्रहरी निरीक्षक बोहराविरुद्ध काठ चोरीको मुद्दा दर्तासमेत गराएका छन् ।

जिल्ला वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेश रोकायले आफूले घटनाका बारेमा बुझिरहेको बताए । उनले काठ चोरेको प्रमाणित भएमा अवैध काठ ओसार–पसार कसुरमा कारबाही हुने बताए ।

 

सात नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिराज वाग्लेले घटनाका बारेमा थाहा पाएलगत्तै प्रहरी निरीक्षक बोहरालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको बताए । उनले अहिले उक्त स्थानमा प्रहरी उपरीक्षक ध्रुवबहादुर विष्टलाई पठाएको जानकारी दिए ।

एसएसपी वाग्लेले घटनामा प्रहरी निरीक्षक बोहोराको संलग्नता देखिए उनलाई विभागीय कार्बाही गरिने बताए ।

 

चोरीमा संलग्न प्रहरीले उल्टै धम्की दिइरहेको स्थानीय टेकबहादुर बोहराले गुनासो गरे । उनले जनतालाई सुरक्षा दिनु पर्ने प्रहरी आफैं चोरीमा संलग्न हुने अनि घटना सार्वजनिक भएपछि उल्टै धम्की दिनु कानुनी राज्यको उपहास भएको बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...