नेप्सेमा लफडा, अध्यक्षले सीइओ साउदलाई हाजिर हुन रोके, सेयर कारोबार ठप्प



हाम्रो इकोनोमि
नेपाल स्टक एक्सचेन्जमा लफडा सुरु भएको छ । सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएर काममा फर्किएका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हाजिर हुनबाट नेप्से सञ्चालक समिति अध्यक्ष लक्ष्मण न्यौपानेले रोकेका  छन् । उनले साउदलाई हाजिर गर्न दिएका छैनन् । अन्य कर्मचारीलाई पनि अध्यक्ष न्यौपानेले हप्कीदप्की गरिरहेका छन् ।

 

यसैगरी नेप्से साइटमा प्राविधिक समस्या उत्पन्न भएको छ । यो समस्या समाधान गर्न काम गरिरहेका नेप्सेका आइटी प्रमुख निरञ्जन सिंह नायकलाई पनि अध्यक्ष न्यौपानेले हप्कीदप्की गरेका छन् । जसका कारण सेयर कारोबार हुनै सकेको छैन । उता, साउदलाई हटाएर अर्थ मन्त्रालयबाट सीइओको जिम्मेवारी पाएका रमेश अर्याल पनि नेप्सेमै हाजिर भएका छन् ।

 

अर्थ मन्त्रालयको आदेशमा अर्याल मन नपरीनपरी  पनि नेप्सेमा आउन बाध्य भएको स्रोतले जानकारी गराएको छ । अर्यालले भने काममा अवरोध गरेका छैनन् ।

 

सरकारको चरम लापरवाहीका कारण ११ बजेर ४० मिनेट जाँदासम्म पनि सेयर कारोबार हुन सकेको छैन । यसबाट लगानीकर्ता मारमा परेका छन् । अनलाइन प्रणाली आउन लागेका बेला सेयर कारोबार नै रोकिनुलाई लगानीकर्ताले दूर्भाग्यपूर्ण भनेका छन् ।

 केही बेर कारोबार भए पनि फेरि रोकिएको छ । एकै छिन कारोबार खुल्ने फेरि बन्द हुने गरेको ब्रोकरहरुले जानकारी गराएका छन् । यो समाचार तयार पार्दासम्म करिब ५२ लाख रुपैयाँ जतिको मात्र कारोबार भएको छ । तर सिस्टम खुल्ने र बन्द हुने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...