गोरखामा पहिरोले पुरिदा तीन जनाको मृत्यु, दोलखाको जिलुमा बलेरो दुर्घटना : चालकको मृत्यु



हाम्रो इकोनोमि

 

गोरखामा पहिरोले घर पुरिदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तीन जनाको ज्यान गएको हो ।

आज विहान साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर आठ महिने युनिक कुँवर, २० वर्षिय सरु कुँवर र १० वर्षिय प्रविना कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सरु र युनिक आमा छोरा हुन्। ‘बिहान साँढे ६ बजेतिर पहिरोले घरको पछाडिको भाग पुर्‍यो, बन्चरोले कोठा फोडेर हेर्दा मान्छेको ज्यान गइसकेको रहेछ,’ स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। पहिरोका कारण उत्त स्थानमा नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन।

 

दोलखाको जिलुमा बलेरो दुर्घटना : चालकको मृत्यु

 

दोलखाको भिमेश्वोर नगरपालिका द्ध मा बोलेरो दुर्घटना हुँदा १ जन को मृत्यु भएकोे छ। भिमेश्वोर नगरपालिका वार्ड ४ मा बा १६ च २९५८ नम्बर को बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भिमेश्वोर ४ का चालक चेतप्रसाद सापकोटा को उपचारको क्रममा सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पताल मा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक माधब काफ्लेले जानकारि दिए।

भिमेश्वोर वार्ड नम्बर ४ जिलुबाट सदरमुकाम चरिकोटतर्फ जाँदै गर्दा ब्रेक फेल भै गाडी सडक बाट करिब १०,१५ मिटर तल झरेको प्रहरीले जनायको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...