गोरखामा पहिरोले पुरिदा तीन जनाको मृत्यु, दोलखाको जिलुमा बलेरो दुर्घटना : चालकको मृत्यु



हाम्रो इकोनोमि

 

गोरखामा पहिरोले घर पुरिदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तीन जनाको ज्यान गएको हो ।

आज विहान साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर आठ महिने युनिक कुँवर, २० वर्षिय सरु कुँवर र १० वर्षिय प्रविना कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सरु र युनिक आमा छोरा हुन्। ‘बिहान साँढे ६ बजेतिर पहिरोले घरको पछाडिको भाग पुर्‍यो, बन्चरोले कोठा फोडेर हेर्दा मान्छेको ज्यान गइसकेको रहेछ,’ स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। पहिरोका कारण उत्त स्थानमा नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन।

 

दोलखाको जिलुमा बलेरो दुर्घटना : चालकको मृत्यु

 

दोलखाको भिमेश्वोर नगरपालिका द्ध मा बोलेरो दुर्घटना हुँदा १ जन को मृत्यु भएकोे छ। भिमेश्वोर नगरपालिका वार्ड ४ मा बा १६ च २९५८ नम्बर को बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भिमेश्वोर ४ का चालक चेतप्रसाद सापकोटा को उपचारको क्रममा सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पताल मा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक माधब काफ्लेले जानकारि दिए।

भिमेश्वोर वार्ड नम्बर ४ जिलुबाट सदरमुकाम चरिकोटतर्फ जाँदै गर्दा ब्रेक फेल भै गाडी सडक बाट करिब १०,१५ मिटर तल झरेको प्रहरीले जनायको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...