वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङद्धारा व्यवसायी न्यौपानेलाई मार्ने धम्की



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले व्यवसायी प्रज्ञान न्यौपानेलाई मार्ने धम्की दिएका छन् । संघका समस्याका बारेमा चिठी लेखेर अध्यक्षलाई ध्यानाकर्षण गराए वापत मार्ने धम्की दिएको न्यौपानेले हाम्राकुरालाई बताएका छन् ।

न्यौपानेले आफ्नो जीवनरक्षाको माग समेत गरेका छन् ।

नेपाली काँग्रेस निकट न्यौपानेलाई दिएको धम्कीप्रति लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले गम्भीर आपत्ति जनाएको छ । संघले विज्ञप्ती निकाली अध्यक्षको धम्कीप्रति गम्भीर आपत्ति जनाएको हो ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यबसायी फोरमका निवर्तमान अध्यक्ष न्यौपानेले फेसबुकमार्फत अध्यक्ष गुरुङलाई पत्र लेखेका थिए ।

यस्तो छ मार्ने धम्की निम्त्याएको न्यौपानेको स्टाटस–

अध्यक्षजी, नेपाल वैदेशिक रोजगार ब्यबसायी संघ। तपाईंले २०७५–०३–३१को च न ५६६–०७४–७५ को पत्र मार्फत सम्पूर्ण ब्यबसायीलार्इ धरौटी कति राख्ने भनेर सुझाव पेस गर्न पत्राचार गर्नुभएको रहेछ । संघको अध्यक्षको नाताले यस्तो पत्राचार गर्दा तपाइँले अलिकती पनि नैतिकताको ख्याल गर्नुभएन ???तपाई संघको अध्यक्ष निर्बाचित हुँदा धरौटी बढ्न दिन्न भनेर आश्वासन दिनुभएको हो कि होइन ??? ६ महिना भित्रमा केही सुधार गर्न नसके पदमा बस्दिन भनेर घोषणा गर्नुभएको हो कि होइन ???

 

कहाँ गए तपाइँका प्रतिबद्धता ? के तपाइँले संघको कार्यालयमा फोटो टाँस्नको लागि झुठको सहारा लिनुभएको हो ? यो भन्दा अगाडिको कार्यसमितिको बेलामा मजदुर प्रतिनिधि , सरकारी प्रतिनिधि, ब्यबसायी प्रतिनिधि र अन्य सरोकार वालाको सहमतिमा तयार गरि मन्त्रालयमा बुझाइएको बै रो ऐनको मस्यौदा जसमा हालको धरौटी यथावत राख्ने भन्ने ब्यबस्था थियो त्यसलाई कार्यान्वयन गर्नतिर नलागी किन धरौटी बढाउन तिर लाग्नुभएको छ ???

 

सम्पुर्ण राज्य संयन्त्र र बै रो संघमा बामपंथीको दुइ तिहार्इ बहुमत भएको बेलामा के सानो  पूँजीमा ब्यबसाय गरेका ब्यबसायीलाई  ब्यबसायबाट बिमुख गराइ केही सिमित ब्यक्तिको हातमा ब्यबसाय सुम्पिन खोज्नुभएको हो ??? सरकार फ्री भिसा फ्री टिकट भनेर रटान लगाइरहेको बेलामा किन धरौटी बढाउन पर्यो ?

 

सरकारसंग एक शब्द पनि बोल्न नसक्ने अनि आफ्नो असक्षमता लुकाउन अनावश्यक बिज्ञप्ती र पत्राचार गरेर हामिलाइ मूर्ख बनाउन खोज्ने । तपाईंका बिज्ञप्ती र पत्राचार देख्दा आम ब्यबसायी र यससंग सम्बन्धित अन्य सरोकारवालाहरु हास्न थाले ।

 

अलिकती लोक लाजको ख्याल गर्नुस र सक्नुहुन्छ भने हालको धरौटी यथावत राख्नुस,यदि सक्नुहुन्न भने हात उठाउनुस र यस्ता लोक हास्ने पत्राचार गरेर बै रो संघको गरिमा नघटाउनुस ! अधिकांश ब्यबसायीको तर्फबाट यही हुन सक्छ सुझाब !
तपाईंको सुभेच्छुक, प्रज्ञान न्यौपाने, निबर्तमान अध्यक्ष, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यबसायी फोरम । 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...