डा केसी र सरकारी वार्ता टोलीबीच फेरि आजै वार्ता हुने, केसीको स्वास्थ्य दिन प्रतिदिन खस्कँदो



हाम्रो इकोनोमि

 

सरकार र डा गोविन्द केसीका प्रतिनिधिबीच दोस्रो चरणको वार्ता मंगलबार बिहान बस्दैछ । यसअघि सोमबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा कुनै निष्कर्ष ननिस्के पनि सहमतिका लागि पहल भएको सहभागीहरुले बताएका छन् ।

वार्तामा डा केसीको स्वास्थ्य र चिकित्सा शिक्षा विधेयकको बारेमा छलफल भएको थियो । सरकारी पक्षले डा केसीको स्वास्थ्यलाई ध्यान दिँदै तत्काल काठमाडौँ ल्याउन जोड दिएको थियो । डा केसी पक्ष पनि सो कुरामा सहमत भएपनि डा केसीलाई काठमाडौं ल्याएरमात्र समस्याको समाधान ननिस्कने भन्दै केही प्राविधिक कुरामा सरकारको प्रतिवद्धता खोजेको छ ।

डा केसी पक्षले सरकारले संसदमा प्रस्तुत गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता लिने प्रतिवद्धता आउनु पर्ने बताएको छ ।

बुधबारको वार्तामा यसले मूर्त रुप लिन सक्ने अनुमान गरिएको छ । वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् ।

डा केसीका पक्षबाट बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, डा अभिषेकराज सिंह, ओमप्रकाश अर्याल सहभागी छन् ।

बुधबारको वार्तामा सकारात्मक परिणाम निस्कने विश्वास गरिएको छ । १८ दिनदेखि जुम्लामा आमरण अनसनरत डा केसीको स्वास्थ्य दिन प्रतिदिन खस्कँदो छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...