डा केसी र सरकारी वार्ता टोलीबीच फेरि आजै वार्ता हुने, केसीको स्वास्थ्य दिन प्रतिदिन खस्कँदो



हाम्रो इकोनोमि

 

सरकार र डा गोविन्द केसीका प्रतिनिधिबीच दोस्रो चरणको वार्ता मंगलबार बिहान बस्दैछ । यसअघि सोमबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा कुनै निष्कर्ष ननिस्के पनि सहमतिका लागि पहल भएको सहभागीहरुले बताएका छन् ।

वार्तामा डा केसीको स्वास्थ्य र चिकित्सा शिक्षा विधेयकको बारेमा छलफल भएको थियो । सरकारी पक्षले डा केसीको स्वास्थ्यलाई ध्यान दिँदै तत्काल काठमाडौँ ल्याउन जोड दिएको थियो । डा केसी पक्ष पनि सो कुरामा सहमत भएपनि डा केसीलाई काठमाडौं ल्याएरमात्र समस्याको समाधान ननिस्कने भन्दै केही प्राविधिक कुरामा सरकारको प्रतिवद्धता खोजेको छ ।

डा केसी पक्षले सरकारले संसदमा प्रस्तुत गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता लिने प्रतिवद्धता आउनु पर्ने बताएको छ ।

बुधबारको वार्तामा यसले मूर्त रुप लिन सक्ने अनुमान गरिएको छ । वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् ।

डा केसीका पक्षबाट बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, डा अभिषेकराज सिंह, ओमप्रकाश अर्याल सहभागी छन् ।

बुधबारको वार्तामा सकारात्मक परिणाम निस्कने विश्वास गरिएको छ । १८ दिनदेखि जुम्लामा आमरण अनसनरत डा केसीको स्वास्थ्य दिन प्रतिदिन खस्कँदो छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...