केसीको समर्थन गर्ने चिकित्सकहरुलाई कारबाही गर्ने सरकारी तयारी



हाम्रो इकोनोमि

शिक्षा क्षेत्रको सुधारका लागि १५ औं पटक अनसन बसिरहेका शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रने सरकारी चिकित्सकहरुलाई सरकारले कारबाहीको तयारी गरेको छ ।

केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले यस्तो तयारी गरेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पछिल्लो समय वर्षाको कारण बिरामीहरुको चाप अस्पतालमा बढेको अवस्थामा चिकित्मकहरुले सेवा ठप्प पारेको भन्दै कारबाहीको तयारी गरिएको बताए ।

अत्यावश्यक सेवाका डाक्टरहरु हडताल तथा विरोधमा उत्रिए सरकार चुप लागेर नबस्ने उल्लेख गर्दै चेतावनीको शैलीमा उनले भने- त्यो अवस्थामा सरकारी डाक्टरहरु कारबाही भोग्न तयार हुनुहोस । सरकार आफ्नो कोर्षमा अघि बढ्छ ।

सरकारले सोमबारनै मन्त्रीपरिषद् बैठक गरि केसीको मागको बारेमा उनि तथा उनका पक्षसँग वार्ता गर्न वार्ता समिति गठन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...