स्थिति नाजुक भएपछि डा केसीलाई जुम्लाबाट हेलीकप्टरमा काठमाडौ ल्याउने तयारी, केसी नआउने मुडमा, भने बरु म यहीँ र्मोछु



हाम्रो इकोनोमि

 

सरकारले १५ औं पटक शिक्षा क्षेत्रको सुधारको लागि अनरसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भए जस्तोसुकै अवस्थामा पनि उपचार गराउने तयारी गरेको छ ।

स्थिति नाजुक भएपछि डा केसीलाई जुम्लाबाट हेलीकप्टरमा काठमाडौ ल्याउने तयारीसरकारले गरेको छ । केसी भने नआउने मुडमा छन उनले भने बरु म यहीँ र्मोछु ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकार डा. केसीको विषयमा गम्भीर रहेको बताएका हुन् ।

केसीप्रति सरकार अनुदार रहेको भन्दै आलोचना भइरहेको अवस्थामा शिक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् । केसीले सरकारले उपलब्ध गराएको सेवा तथा उपचार लिन अस्वीकार गरेको कारण उनको स्वास्थ्य कमजोर बन्दै गएको पोखरेलले बताए ।

साथै केसीको माग पूरा गर्नका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि वार्ता टोली बनाउने तयारी गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...