स्थिति नाजुक भएपछि डा केसीलाई जुम्लाबाट हेलीकप्टरमा काठमाडौ ल्याउने तयारी, केसी नआउने मुडमा, भने बरु म यहीँ र्मोछु



हाम्रो इकोनोमि

 

सरकारले १५ औं पटक शिक्षा क्षेत्रको सुधारको लागि अनरसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भए जस्तोसुकै अवस्थामा पनि उपचार गराउने तयारी गरेको छ ।

स्थिति नाजुक भएपछि डा केसीलाई जुम्लाबाट हेलीकप्टरमा काठमाडौ ल्याउने तयारीसरकारले गरेको छ । केसी भने नआउने मुडमा छन उनले भने बरु म यहीँ र्मोछु ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकार डा. केसीको विषयमा गम्भीर रहेको बताएका हुन् ।

केसीप्रति सरकार अनुदार रहेको भन्दै आलोचना भइरहेको अवस्थामा शिक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् । केसीले सरकारले उपलब्ध गराएको सेवा तथा उपचार लिन अस्वीकार गरेको कारण उनको स्वास्थ्य कमजोर बन्दै गएको पोखरेलले बताए ।

साथै केसीको माग पूरा गर्नका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि वार्ता टोली बनाउने तयारी गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...