महोत्तरी जिल्लामा आँपको मूल्य नपाएपछि किसान निरास



हाम्रो इकोनोमि

महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् ।

मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् ।

आँपको मुख्य माग हुने असारे पन्द्र पर्वताका पनि यसपालि आँपको मूल्य बगैँचामा रु १० प्रतिकिलो मात्र रहेको यहाँका किसानको गुनासो छ । “आँप त ठीकै फलेको हो” बर्दिवास–९ पशुपतिनगरका किसान सुरजसिंह कुशवाहाले भन्नुभयो–, “तर कौडीको मूल्यमा बेच्नु प¥यो, वर्षभरिको गुजारा अब कसरी टार्ने होला ?” गत वर्ष रु ७० प्रतिकिलोसम्म आँप बेचिएको सम्झदै कुशवाहाले यसपालि भने १०० बोट आँपबाट रु ५० हजार आम्दानी लिन पनि नसकिएको गुनासो गर्नुभयो ।

महोत्तरी जिल्लामा बर्दिवास नगरपालिकाका खयरमारा, माईस्थान, बिजलपुरा, पशुपतिनगर र किसाननगर गौशाला नगरपालिकाका भरतपुर, रजखोर, लक्ष्मीनियाँ, बिसरपुर, फुलकाहा, बेलगाछी र भाण्टाबारी आँप खेतीका लागि कहलिएका ठाउँ हुन् । त्यसैगरी भंगाहा नगरपालिकाका रामनगर, जलेश्वर नगरपालिकाका पर्सापतैली, पिगौना र परिकौली र पिपरा गाउँपालिकाकाको पिपरा आँप खेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।

गत वर्ष जिल्लामा आँप राम्रो नफलेकाले यसपालि बगैँचा खरिदप्रति व्यापारीले रुची नदेखाउँदा धेरैजसो बगैँचा किसान आफैँले रेखदेख गरेका थिए । “अरु वर्षजस्तो पहिले व्यापारी झुम्मिएनन्” भंगहा–४ रामनगरका किसान गंगाराम महतोले भन्नुभयो–, “आँप टिपेर बजार पु¥याइएको ज्याला पनि बिक्रीबाट पाइएन ।”

किसानले आँप बिक्रीबाट राम्रो आम्दानी लिन नसके पनि अहिले असार निगल्दो भने व्यापारीले भण्डारण गरेका आँपको मूल्य प्रतिकिलो रु ५० नाघेको छ । साउन महिना शिव उपासना गर्दा फलाहारमात्र गर्ने धार्मिक, सामाजिक परम्पराको फाइदा उठाउँदै व्यापारीले रु १० प्रतिकिलो लिएका आँप अहिले अब प्रतिकिलो रु ५० नघाइसकेका सर्वसाधारण उपभोक्ता बताउँछन् ।

“जताबाट पनि ठगिने त किसान र सोझासाझा जनता नै रहेछन्” बर्दिवास–५ का वडाध्यक्षसमेत रहेका फलफूल किसान दलबहादुर थापाले भन्नुभयो–, “आँप उत्पादनका पकेट क्षेत्रमा चिस्यानघर (कोल्डस्टोेर) बनाउन सकिएको भए किसान यतिबिघ्न लाचार त हुनु पर्दैनथ्यो !”

जिल्लामा करीब तीन हजार हेक्टर क्षेत्रफलमा उत्पादन दिइरहेका आँपका बोट र आउने वर्ष उत्पादन दिने बोट ५०० हेक्टरमा रहेका जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...