ट्राफिक प्रहरीलाई १५ करोड भत्ता, आइजीपी खनालले नै लोभ देखाए



काठमाडौं । देश संघीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहमा आवश्यक विकास बजेट नै छुट्याउन सकेको अवस्था छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ मा प्रधानमन्त्री हुँदा तुइनमुक्त देश बनाउने परिकल्पना २ बर्षभित्र साकार पार्ने भने पनि बजेट अभावमा त्यो पनि पूरा हुन सकिरहेको छैन ।

 

जोखिमपूर्ण तुइनमा गाउँ गाउँमा बच्चाहरु स्कूल जान बाध्य छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रको ढुकुटीमा पर्र्याप्त पैसा नभएकाले विदेश भ्रमणदेखि विभिन्न क्षेत्रमा हुने खर्च कटौती गर्दै मितब्ययिता अपनाउने भन्दैआएका छन् ।

सरकारले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निजामती कितावखाना, कर कार्यालयका कर्मचारीले पाउँदैआएको प्रोत्साहन भत्ता समेत कटौती गरिसकेको छ । तर देशमा विकासका लागि बजेट नभएको बेला ट्राफिक प्रहरीको १५ प्रतिशत प्रोत्साहन भत्ता पुनः दिलाउन आइजीपी सर्वेन्द्र खनालको दौडधूप चर्को छ । विगतमा जनार्दन शर्मा गृहमन्त्री हुँदा भत्ता नदिने निर्णय गरेका थिए ।

 

तर नेकपा खासगरी पूर्वमाओवादीकै एउटा मन्त्रीले फजुल खर्च भनी कटौती गरेको भत्ता अर्का मन्त्रीले दिन लागेका छन् त्यो पनि औचित्य नै पुष्टी नहुनेगरी । शर्माले किन काटे थापाले किन दिने निर्णय गरे त्यो पनि दुई बर्षदेखिको ? यसको स्पष्ट जवाफ गृहमन्त्री थापाले दिनुपर्ने भएको छ ।

 

ट्राफिक प्रहरीका लागि २ त्रर्षसम्मको प्रोत्साहन भत्ताको १५ करोड रुपैयाँका लागि आइजीपी खनालले गृहमन्त्री रामबहादुर थापा, सचिव प्रेम राईलाई कन्भिन्स गरी अर्थमन्त्रालयमा पठाए । गृहमन्त्रालयबाट रकम मागेर अर्थमा पठाइयो । अर्थबाट पनि सहमति लिएर मन्त्रिपरिषद्बाट निर्णय गरी २ आर्थिक बर्षको १५ करोड रुपैयाँका लागिआइजीपी खनाल पनि दौडधूपमा छन् ।

 

साउन लाग्नुअघि नै यो रकम दिने निर्णय गराउने दाउमा उनी छन् । असार ३० सम्म निर्णय भएको छैन । खनाल पनि आइजीपी हुनुअघिसम्म महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख भएकाले उनले समेत १५ करोडबाट केही भत्ता पाउनेछन् । त्यो भत्ता त्यति धेरै त हुँदैन । तर पनि उनी निकै जोडबलका साथ लागेका छन् । उनले पनि यो भत्तामा लोभ गरेको अर्थ पनि लगाउन थालिएको छ । सबैतिरको भत्ता कटौती भएको बेला ट्राफिकलाई मात्र किन दिने भन्ने प्रश्न प्रहरीभित्रै उठेको छ ।

 

ट्राफिक प्रहरीको ड्युटी हो, ड्युटी गर्दा जागिरबाहेक भत्ता ट्राफिकलाई मात्र किन, दिने भए प्रहरी संगठनमा ज्यानको बाजी लगाएर अपराध अनुसन्धान गर्नेलाई पनि दिनुपर्छ भन्ने आवाज पनि उठेको छ । ट्राफिक प्रहरीमा धेरै दुःख छ भने १–१ बर्षमा सरुवा गर्दै परिवर्तन गर्दै गए समस्या हल भइहाल्छ, एक प्रहरी अधिकृतले भने, त्यस्तो दुःख कष्ट भए ट्राफिकमा सरुवा भएपछि आजीवन त्यहीँ बस्ने सरुवा हुनै नचाहने पनि छन् ।

 

ट्राफिकमै बसेर अन्यत्र खटिएका प्रहरीको तुलनामा अकूत सम्पत्ति आर्जन गर्नेहरु पनि छन् । भत्ताकै लोभका कारण गणेश राई र केशव अधिकारी ट्राफिक महाशाखा प्रमुख हुँदा लुकीलुकी मापसे चेक गर्ने, लखेटी लखेटी समात्ने जस्ता हर्कत पनि भएका थिए ।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण