डा केसी नौ किलो घटे, स्वास्थ्य अवस्था निकै गम्भीर बन्दै



हाम्रो इकोनोमि

 

सरकार दयाहीन बन्दै गएको छ । १७ दिनदेखि जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बन्दै गए पनि सरकारले खासै चासो देखाएको छैन । उनलाई गलाएरै उनको आन्दोलनलाई निस्तेज पार्ने क्रुर नीतिमा सरकार अडिग देखिएको छ ।

उनको तौलसमेत ह्वात्तै घटेको छ । उनी नौ किलो घटेछन् । जुम्ला पुग्दा ६५ किलो रहेका डा केसी अहिले ५६ किलो भएछन् । उनको शरीर घट्दा पनि सरकारको रिसको पारा घटेको छैन ।

सरकारले डा केसीलाई केही भए त्यसको जिम्मा नलिने बताएर अनुत्तरदायी जवाफ दिएको छ । सरकारको यो अनुत्तरदायी भनाइले जनस्तरमा आक्रोश बढ्दो छ । निषेधित क्षेत्र तोडिएको छ । जनस्तरबाट प्रदर्शन भएको छ । तर सरकार गलेको छैन । किनकि यो सरकार दुई तिहाईको समर्थनमा बनेको सरकार हो ।

चिकित्सा क्षेत्र सुधारको माग राख्नु नै डा केसीका लागि अभिषाप भयो । दुई तिहाइको बलमा बनेको सरकारले जे पनि गर्न पाइन्छ भन्ने मानसिकता पलाएको छ ।

अब भने जनस्तरमा डा केसीलाई पहिले बचाएर अनिमात्र आन्दोलन गर्नुपर्ने धारणा पनि आउन थालेको छ ।

उनको स्वास्थ्यमा निकै उतारचढाव आउपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ। उनको स्वास्थ्यमा कुनै पनि बेला गडबडी हुन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

डा केसीलाई विभिन्न समस्याले आक्रमण गरिरहँदा भेन्टिलेटरमा जानुपर्ने अवस्था आउन सक्ने उपचारमा संलग्न डा पूजन रोकायाले बताएका छन् ।

डा केसीको घाँटीमा संक्रमणको खतरा बढेर गएको छ। औषधि लिनुपर्नेमा डा केसीले नमानेपछि समस्या भइरहेको छ । उनको मुटुको चालमा पनि उतारचढाव देखिएको छ।

मुटुको धड्कनमा देखिएको यो समस्या निकै डरलाग्दो संकेत हो। श्वासप्रश्वासमा बाधा, शरीर बाउँडिने, पिसाबमा किटोनको मात्रा बढ्ने, चक्कर लाग्ने समस्या कायमै छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...