विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सलाई, २ को बिरुद्ध ४ गोल



हाम्रो इकोनोमि

विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सले जितेको छ । २ को बिरुद्ध ४ गोलले फ्रान्सले जितेको हो ।

क्रोएसियाका मारियो मान्जुकिचबाट १९ औं मिनेटमा आत्मघाती गोल भएपछि फ्रान्सले सुरुवाती अग्रता लिएको थियो। एन्टोइन ग्रिजम्यानको फ्रिकिक क्लियर गर्ने प्रयास गर्दा बल मान्जुकिचको टाउकोमा लागेर गोलपोष्टभित्र छिरेको थियो।

विश्वकपको फाइनलमा पहिलोपटक आत्मघाती गोल भएको हो। इभान पेरिसिचले २८ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए। डिबक्सको इन्साइड एजबाट पेरिसिचले गरेको प्रहार गोल भएको थियो।

तर फ्रान्सले ३९ औं मिनेटमा पुन अग्रता लियो। इभान पेरिसिचबाट डिबक्सभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टी अवसरमा फ्रान्सका एन्टोइन ग्रिजम्यानले गोल गरेका हुन्। प्रतियोगितामा ग्रिजम्यानको यो चौथो गोल हो।

मस्कोस्थित लुजनिकी मैदानमा भएकोखेलमा खेलको ५८ औँ मिनेटमा अर्को गोल हानेको हो । त्यस्तै ६५ औँ मिनेटमा अर्को गोल हानेपछि ४, २ को अग्रताले नितेको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...