विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सलाई, २ को बिरुद्ध ४ गोल



हाम्रो इकोनोमि

विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सले जितेको छ । २ को बिरुद्ध ४ गोलले फ्रान्सले जितेको हो ।

क्रोएसियाका मारियो मान्जुकिचबाट १९ औं मिनेटमा आत्मघाती गोल भएपछि फ्रान्सले सुरुवाती अग्रता लिएको थियो। एन्टोइन ग्रिजम्यानको फ्रिकिक क्लियर गर्ने प्रयास गर्दा बल मान्जुकिचको टाउकोमा लागेर गोलपोष्टभित्र छिरेको थियो।

विश्वकपको फाइनलमा पहिलोपटक आत्मघाती गोल भएको हो। इभान पेरिसिचले २८ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए। डिबक्सको इन्साइड एजबाट पेरिसिचले गरेको प्रहार गोल भएको थियो।

तर फ्रान्सले ३९ औं मिनेटमा पुन अग्रता लियो। इभान पेरिसिचबाट डिबक्सभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टी अवसरमा फ्रान्सका एन्टोइन ग्रिजम्यानले गोल गरेका हुन्। प्रतियोगितामा ग्रिजम्यानको यो चौथो गोल हो।

मस्कोस्थित लुजनिकी मैदानमा भएकोखेलमा खेलको ५८ औँ मिनेटमा अर्को गोल हानेको हो । त्यस्तै ६५ औँ मिनेटमा अर्को गोल हानेपछि ४, २ को अग्रताले नितेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...