भूमिसुधारका नासु ३० हजार घुससहित पक्राउ, यसरी परे अख्तियारको फन्दामा



हाम्रो इकोनोमि

 

भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरिएको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक कार्कीले रु ३० हजार घुससहित पक्राउ गरेको पुष्टी गर्नुभयो । उहाँले भन्नुभयो – “भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा रु ३० हजार नगदसहित पक्राउ गरिएको हो ।”

विराटनगरका एक व्यक्तिसँग मोहियानी हक दिलाइदिने भन्दै खतिवडाले घुस मागेको बताइन्छ । तिनै व्यक्तिले अख्तियारलाई सम्पर्क गरेर यसबारे जानकारी दिएका थिए । घुस दिने व्यक्तिको पहिचान अख्तियारले गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...