गोविन्द केसीको अबस्था चिन्ताजनक, घाँटीमा संक्रमण देखियो, बोल्न चल्न छाडे



हाम्रो इकोनोमि

 

जुम्लामा १६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको घाँटीमा संक्रमण देखिएको छ । चिसोका कारण तीन दिनदेखि फेरेन्जाइटिस नामक घाँटीको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।

फेरेन्जाइटिसकै कारण उनको आवाजमा समेत परिवर्तन आएको छ ।

उनको रगतमा सेतो कोषिकाको मात्रा कम हुनुका साथै घाँटी दुख्ने, घाटी खसखसाउने, खोकी लाग्ने, पेट दुख्ने, मुटुको चालमा गडबडी हुने, मांसपेशी बाउडिने जस्ता समस्या देखिएको छ । उनको रगतमा म्याग्नेसियमको मात्रा समेत कम हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

डा. केसी निकट डा. विषद दाहालले भने, ‘डा. केसीको अवस्था नाजुक हुँदै गएको छ । उनमा प्रत्येक पटक नयाँनयाँ समस्या देखिँदै गएकोमा अहिले फेरेन्जाइटिस देखिएको छ ।’

फेरेन्जाइटिस विशेषगरी घाँटीको पछाडि रहेको टन्सिल तथा भोकल बक्सबीचको भाग सुन्निएर हुने गर्छ ।

फेरेनजाइटिस भएमा खोकी लाग्ने, रुघा लाग्ने, जीउ दुख्ने, ज्वरो आउने टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने लगायतको समस्या हुने गर्छ ।

फेरेन्जाइटिसको समयमै उपचार नगरे मिर्गौलालाई असर गर्नुका साथै बाथ ज्वरोका कारण मुटुको भल्भमा समेत गभीर असर पार्ने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...