विध्यासुन्दर शाक्यको स्मार्टसिटीको यस्तो छ हाल, भरियो सिसडोल, कामपाको फोहर उठन अझै १५ दिन लाग्ने, हैजा फैलिने संकेत



हाम्रो इकोनोमि

 

करीब एक महिनादेखि नियमित उठ्न नसकेको काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनका लागि अझै केही दिन लाग्ने भएको छ ।

नियमित रुपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको अभाव हँुदा नियमित फोहर उठ्न नसकेको हो ।

विध्यासुन्दर शाक्यको स्माटसिटीको यस्तो छ हाल यस्तो छ । सिसडोल भरिएपछि कामपाको फोहर उठेको छैन । सबै फोहोर उठन अझै १५ दिन लाग्ने जनाएको छ । शहरमा हैजा फैलिने संकेत देखिएको छ ।

व्यवस्थापन गर्ने स्थानको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिएको छ । बाटोको मर्मत कार्य र सिसडोलमा पनि थप व्यवस्थापनका लागि प्रयास भइरहेको छ । त्यसका लागि अझै करीब एक हप्ता लाग्ने कामपाले जानकारी दिएको छ ।

कामपाका सहप्रवक्ता नवराज ढकाल यसपटक अन्य समयमा भन्दा छिटो पानी परेकाले, बाटो खाल्टाखुल्टीसँगै केही स्थानमा पहिरो सडकमा आएर बसेकाले नियमित फोहर व्यवस्थापन हुन नसकेको बताउनुहुन्छ ।

व्यवस्थापनका सबै काम सकी बढीमा आगामी हप्ताबाट नियमित रुपमा फोहर संकलन हुने हुँदा आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गरी सहयोग गरिदिन पनि निर्देशक ढकालले नागरिकलाई अनुरोध गर्नुभएको छ ।

असार साउनको समयमा अन्य समयमा भन्दा बढी फोहर निस्कने गर्छ, अन्य समयको भन्दा छिटोछिटो फोहर लिन आउनु पर्ने भए पनि एक महिनादेखि फोहर लिनका लागि कामपाको कुनै पनि गाडी नआएको कलंकी बस्दै आउनुभएकी सीता शर्माको भनाइ छ ।

शर्मा भन्नुहुन्छ, “घरमा फोहरको डङ्गुर भइसक्यो कहिले आउने हो महानगर थाहा छैन, अझै लामो समयसम्म नआउने हो भने यही फोहरबाट रोगको शिकार बन्नुपर्छ ।”

कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

काठमाडौँ महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न उक्त स्थान लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरुको दैनिक कामकाजमा समस्या भएको भन्दै सिसडोलका स्थानीय बासिन्दाले तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गरेका छन् ।

आज १२ वर्ष बितिसक्दा पनि अन्य समयमा नै विकल्प नखोज्दा अहिले कामपालाई व्यवस्थापन गर्न समस्या भएको छ ।

केही वर्षअघि नै हाल फोहर व्यवस्थापन गर्दै आएको स्थानभन्दा केही पर बन्चरेडाँडामा दीर्घकालीन रुपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्ने केन्द्र निर्माण गर्ने भनिएको थियो ।

बच्चरेडाँडामा व्यवस्थापन केन्द्र निर्माण गर्नका लागि प्रयासरत मात्र रहेको र हालसम्म काम शुरु हुन नसकेको कामपा वातावरण विभागका कर्मचारी युवराज खनाल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...