डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको वास्स्थानमामै लार्भा नष्ट



डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजेर त्यसको लार्भा आज नष्ट गरिएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया, कलौनी, सालझण्डीमा रहेकोे झाडी र सवारी साधनको टायरमा वासस्थान खोजी गरी महिला स्वयंसेविकाले लार्भा नष्ट गरेका हुन । उनीहरुसँगै सैनामैना नगरपालिकाका जनप्रतिनिधिसमेत सहभागी हुनुहुन्थ्यो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक केदारनाथ शाहले डेङ्गु सार्ने लामखुट्टेको वासस्थान र लार्भा नष्ट पारेर यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको बताउनुभयो ।

उहाँले पानी भएको जुनसुकै ठाउँमा पनि त्यस्तो लामखुट्टेले फूल पार्नसक्ने उल्लेख गर्दै रुपन्देहीमा ९३१ जना डेङ्गु रोगबाट प्रभावित भएको बताउनुभयो ।

तीमध्ये ५५७ जना बुटवल उपमहानगरपालिकामा र ११ जना सैनामैना नगरपालिकामा भेटिएका छन् । डेङ्गुका कारण यसवर्ष रुपन्देहीमा तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्वाथ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।

दुई दिनसम्म सञ्चालन भएको डेङ्गु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखिकरणपछि लार्भा नष्ट गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले सन्तुलित बजेट ल्याउँछ : प्रधानमन्त्री

    प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी

राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्छ : प्रवक्ता महत

     नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले गठबन्धन सरकार सञ्चालन गर्न सहज नभएको

ताप्लेजुङ दुर्घटना : ऊर्जा मन्त्रीद्वारा चार सदस्यीय छानबिन समिति गठन

    पाथिभरा यात्राका क्रममा भएको दुःखद दुर्घटनाबारे यथार्थ विवरणसहितको प्रतिवेदन पेश गर्न

होटेल व्यवसायीप्रति राज्यको दृष्टिकोण हेयपूर्ण : अध्यक्ष बराल

    राज्यबाट पाउनुपर्ने साथ र संरक्षण नपाएको भन्दै काठमाडौँका होटेल व्यवसायीहरूले गुनासो