डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको वास्स्थानमामै लार्भा नष्ट



हाम्रो इकोनोमि

डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजेर त्यसको लार्भा आज नष्ट गरिएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया, कलौनी, सालझण्डीमा रहेकोे झाडी र सवारी साधनको टायरमा वासस्थान खोजी गरी महिला स्वयंसेविकाले लार्भा नष्ट गरेका हुन । उनीहरुसँगै सैनामैना नगरपालिकाका जनप्रतिनिधिसमेत सहभागी हुनुहुन्थ्यो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक केदारनाथ शाहले डेङ्गु सार्ने लामखुट्टेको वासस्थान र लार्भा नष्ट पारेर यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको बताउनुभयो ।

उहाँले पानी भएको जुनसुकै ठाउँमा पनि त्यस्तो लामखुट्टेले फूल पार्नसक्ने उल्लेख गर्दै रुपन्देहीमा ९३१ जना डेङ्गु रोगबाट प्रभावित भएको बताउनुभयो ।

तीमध्ये ५५७ जना बुटवल उपमहानगरपालिकामा र ११ जना सैनामैना नगरपालिकामा भेटिएका छन् । डेङ्गुका कारण यसवर्ष रुपन्देहीमा तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्वाथ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।

दुई दिनसम्म सञ्चालन भएको डेङ्गु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखिकरणपछि लार्भा नष्ट गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...