के तपाईँ जेब्रा क्रसिङ वा आकाशे पुल बाहेकको स्थानबाट बाटो काट्दै हुनुहुन्छ, होशियार अब यस्तो आँउदैछ नियम



हाम्रो इकोनोमि

 

के तपाईँ हतारिएर जेब्रा क्रसिङ वा आकाशे पुल बाहेकको स्थानबाट बाटो काट्दै हुनुहुन्छ ? त्यसो भए अब तपाईंले ट्राफिक प्रहरीबाट बाटो कसरी काट्ने भन्ने विषयमा प्रशिक्षण लिनु पर्नेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि यो अभियान थालेको हो ।

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अुनसार उपत्यकाका विभिन्न चोकहरुमा जेब्राक्रस तथा आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर प्रशिक्षण दिने निर्णय भएको छ ।

उनका अनुसार त्यस किसिमका प्रशिक्षण दिनमा दुई पटक हुनेछ । ‘बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ’, पन्तले भने ।

महाशाखाका अनुसार हाल काठमाडौंको नागस्थान माथिल्लो र तल्लो, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, नयाँ बसपार्क लगायतमा आकाशे पुल छन् ।

ट्राफिकले प्रशिक्षण दिनका लागि १२ जना प्रहरी निरीक्षकको नेतृत्वमा एक/एक जना जुनियर अधिकृतलाई खटाउने भएको छ ।

जस अनुसार ठिमीमा प्रहरी निरीक्षक जगत नेपाली, कोटेश्वरमा कृष्णराज सापकोटा, थापाथलीमा सरोज प्रजापति, त्रिपुरेश्वरमा इन्द्रजित इटानी, पुरानो बसपार्कमा बाबुकाजी गिरी र केशरमहलमा गोकर्ण नेपालको नेतृत्वमा प्रशिक्षण हुनेछ ।

त्यस्तै, सिंहदरबार क्षेत्रमा बेनप्रसाद श्रेष्ठ, गौशालामा धर्मेन्द्र रावल, महाराजगञ्जमा राजकुमार न्यौपाने, कालिमाटीमा प्रतित सिंह राठौर र जावलाखेलमा सिताराम हाछेथुले प्रशिक्षण दिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...