पोखरा महानगरका वरिष्ठ अधिकृतको शव फेला, श्रीमती अर्कैसँग लागेको थहापाएपछि आत्महत्या गरेको खुलासा



हाम्रो इकोनोमि

 

२२ दिनअघि हराएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव फेला परेको छ । शनिबार तनहुँ जिल्लाको  भिमाद नजिक सेती नदिमा घोप्टिएको अबस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ। पौडेल यहि असार ९ गते बिहानदेखि हराईरहेका थिए ।

श्रीमती अर्कैसँग लागेको थहापाएपछि आत्महत्या गरेको खुलासा भएको छ । उनले उत्तकुरा सुसाइट नोटमा लेखेका छन ।

 

घरबाट हराउनु अघि पौडेलले परिवारलाई सम्बोधन गर्दै छोटो सुसाइट नोट लेखेका थिए । सुसाइट नोटमा उनले  ‘  कठै उर्मिला तिमिले यति धेरै  माया दिदा पनि जीवन भर साथ दिन सकिन । ३ वटा कोपिला तिम्रो जिम्मामा छोडेर जादै छु । राम्रोसँग बसे, चारै जना अलबिदा’ लेखेका छन् ।

 

शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकाल्ने कार्य गरेको थियो । शव भेटिएको जानकारी पाएलगत्तै परिवारका सदस्य तथा आफन्तजन भिमाद पुगेर शव पहिचान गरी परीक्षणका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको छ । पौडेल हराएको लामो समय बितिसकेकाले शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...