पाकिस्तानको चुनावी सभामा आत्मघाती आक्रमण, १२८ को मृत्यु



 

पाकिस्तानको चुनावी र्‍यालीमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १२८ जनाको मृत्यु भएको छ । कैयौं घाइते भएका छन् ।

 

पाकिस्तानको दक्षिण–पश्चिम बोलिचिस्तान प्रान्तमा आयोजित चुनावी र्‍यालीमा एक आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा यति ठूलाे मानवीय क्षति भएकाे हाे ।

इस्लामिक स्टेट (आईएस) ले विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको छ ।

 

जुलाई २५ मा हुन लागेको निर्वाचनलाई लक्ष्य गरेर पाकिस्तानमा एकपछि अर्को हिंसात्मक घटना भइरहेका छन् । शुक्रबार नै बन्नुमा भएको विस्फोटमा ४ जनाले ज्यान गुमाएका थिए । २ दिनअघि पेशावरमा आयोजित कार्यक्रममा यस्तै आत्मघाती विस्फोट हुँदा २० जना मारिएका थिए । जसको जिम्मेवारी तालिबानले लिएको थियो ।

 

बीबीसीका अनुसार, बोलिचिस्तानको विस्फोट भने सन् २०१४ पछिकै भयानक हो । एकपछि अर्को हिंसात्मक घटना भएसँगै पाकिस्तानमा आतंक छाएको छ ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार  ०९ : ४५  बजे

प्रतिक्रिया दिनुहोस
सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।

अमेरिकाबाट थप १९ जना नेपाली भए डिपोर्ट

  अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक

सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं : रुस

    रुसले अमेरिकाबाट हुनसक्ने सबै प्रकारका प्रतिबन्धको सामना गर्ने सामर्थ्य आफूसँग रहेको

चीनको प्रस्ताव ” विश्व सभ्यता पहल” माथि काठमाडौंमा विमर्श

  चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ