हवाई आक्रमणमा निर्दोस २८ सर्वसाधारण मारिए



हाम्रो इकोनोमि

सिरियाको पूर्वी प्रान्त देइर जोरमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहलक्षित हवाई कारबाहीमा परी कम्तीमा २८ सर्वसाधारणको मृत्यु भएको छ ।

मानवअधिकारवादी समूहले शुक्रबार सो जानकारी दिएको छ । इराकको सीमा क्षेत्रमा पर्ने अल सोउसा नजिकै रहेको एउटा कारखानामा जम्मा भएका सर्वसाधारण सो कारबाहीको शिकार भएका थिए ।

बेलायतसँग आबद्ध मानवअधिकारवादी समूह सिरियन अब्जरभेटी फर ह्युम्यान राइट्सले सो हताहतको जानकारी दिएको छ ।

यो हवाई आक्रमण अमेरिकी या इराकी कुन जहाजबाट भएको हो भन्नेबारेमा भने केही प्रष्ट भएको छैन ।

सो क्षेत्रमा केही दिनअघि पनि यस्तै कारबाही भएको थियो । सो कारबाहीमा परी दर्जनौँ व्यक्तिको ज्यान गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...