हवाई आक्रमणमा निर्दोस २८ सर्वसाधारण मारिए



सिरियाको पूर्वी प्रान्त देइर जोरमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहलक्षित हवाई कारबाहीमा परी कम्तीमा २८ सर्वसाधारणको मृत्यु भएको छ ।

मानवअधिकारवादी समूहले शुक्रबार सो जानकारी दिएको छ । इराकको सीमा क्षेत्रमा पर्ने अल सोउसा नजिकै रहेको एउटा कारखानामा जम्मा भएका सर्वसाधारण सो कारबाहीको शिकार भएका थिए ।

बेलायतसँग आबद्ध मानवअधिकारवादी समूह सिरियन अब्जरभेटी फर ह्युम्यान राइट्सले सो हताहतको जानकारी दिएको छ ।

यो हवाई आक्रमण अमेरिकी या इराकी कुन जहाजबाट भएको हो भन्नेबारेमा भने केही प्रष्ट भएको छैन ।

सो क्षेत्रमा केही दिनअघि पनि यस्तै कारबाही भएको थियो । सो कारबाहीमा परी दर्जनौँ व्यक्तिको ज्यान गएको थियो ।

 

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार  १७ : २५  बजे

प्रतिक्रिया दिनुहोस
भियतनाममा डुंगा दुर्घटना हुँदा ३४ जनाको मृत्यु

    भियतनाममा खराब मौसमका कारण डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ

सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।

अमेरिकाबाट थप १९ जना नेपाली भए डिपोर्ट

  अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक

सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं : रुस

    रुसले अमेरिकाबाट हुनसक्ने सबै प्रकारका प्रतिबन्धको सामना गर्ने सामर्थ्य आफूसँग रहेको