प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक



हाम्रो इकोनोमि

 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । मुख्यमन्त्री राउतकी आमा राधिका देवीको ७० वर्षको उमेरमा शुक्रबार दिउँसो निधन भएको छ ।

समान्य ज्वरो आएपछि उनलाई उपचारको लागि भारतको बिहार राज्य अन्तर्गत रक्सौलको डंकन अस्पतालमा तीन दिनअघि भर्ना गरिएको थियो ।

उनको अन्तिम संस्कार पर्साको जगन्नाथपुरमा शनिबार बिहान गरिनेछ । मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले बताएका छन् ।

मृतक राधिकादेवीको दुई छोरामध्ये मुख्यमन्त्री राउत जेठा हुन् । कान्छो छोरा रामबाबु राउत कृषि पेशामा आबद्व छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...