बाढी, पहिरो र डुबानले देशभर दुई दिनमा ८ जनाको मृत्यु, १४ जना घाइते



हाम्रो इकोनोमि

 

बाढी, पहिरो र डुबानलगायतले मुलुकका विभिन्न स्थानमा गरी  आठ जनाको मृत्यु भएको छ ।   हिजो अबिरल बर्षा पछिको बाढी, पहिरो र डुबानलगायतले मुलुकका विभिन्न स्थानमा गरी  आठ जनाको मृत्यु भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको  छ ।

 

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार साँझसम्म १४ जना घाइते तथा एक जना बेपत्ता भएको जनाएको छ ।  केन्द्रका अनुसार  भक्तपुरमा तीन जना, रुपन्देहीमा दुई जना, कपिलवस्तुमा एक जना, झापामा एक जना र बागलुङगमा एक जनाको मृत्यु भएको जनाएको छ ।

 

दाङमा एघार जना तथा रसुवा, बैतडी र चितवनमा एक , एक गरी १४ जना घाइते भएका छन् । कपिलवस्तुमा एक जना वेपत्ता भएको केन्द्रका प्रमुख शङ्करहरि आचार्यले बताए ।

 

नेपाल प्रहरीका अनुसार, अविरल बर्षाका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा घर भत्केर ३ जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा ७० वर्षीय हिरा लामा, उनकी ६५ वर्षीया श्रीमती पानमाया लामा र साढे दुई वर्षीया नातिनी सम्पदा लामा छन् ।

 

भक्तपुरमा मृत्यु भएकाकोे परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट जनही एक लाख रुपियाँका दरले राहत वितरण गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

 

त्यसैगरी, भक्तपुर नगरपालिकाको लिवाली र आदर्शवस्ती, मध्यपुर ठिमी नगरपालिका–१ को सुकुमबासी वस्ती, सूर्य्विनायक नगरपालिकाको वडा नंं. ३ र ४ को नयाँवस्ती क्षेत्रका बाढी तथा पहिरोबाट विस्थापित भएका परिवारलाई प्रति परिवार दश हजार रुपियाँका दरले राहत वितरण गर्ने निर्णय भएको पनि प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...