बाढी, पहिरो र डुबानले देशभर दुई दिनमा ८ जनाको मृत्यु, १४ जना घाइते



हाम्रो इकोनोमि

 

बाढी, पहिरो र डुबानलगायतले मुलुकका विभिन्न स्थानमा गरी  आठ जनाको मृत्यु भएको छ ।   हिजो अबिरल बर्षा पछिको बाढी, पहिरो र डुबानलगायतले मुलुकका विभिन्न स्थानमा गरी  आठ जनाको मृत्यु भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको  छ ।

 

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार साँझसम्म १४ जना घाइते तथा एक जना बेपत्ता भएको जनाएको छ ।  केन्द्रका अनुसार  भक्तपुरमा तीन जना, रुपन्देहीमा दुई जना, कपिलवस्तुमा एक जना, झापामा एक जना र बागलुङगमा एक जनाको मृत्यु भएको जनाएको छ ।

 

दाङमा एघार जना तथा रसुवा, बैतडी र चितवनमा एक , एक गरी १४ जना घाइते भएका छन् । कपिलवस्तुमा एक जना वेपत्ता भएको केन्द्रका प्रमुख शङ्करहरि आचार्यले बताए ।

 

नेपाल प्रहरीका अनुसार, अविरल बर्षाका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा घर भत्केर ३ जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा ७० वर्षीय हिरा लामा, उनकी ६५ वर्षीया श्रीमती पानमाया लामा र साढे दुई वर्षीया नातिनी सम्पदा लामा छन् ।

 

भक्तपुरमा मृत्यु भएकाकोे परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट जनही एक लाख रुपियाँका दरले राहत वितरण गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

 

त्यसैगरी, भक्तपुर नगरपालिकाको लिवाली र आदर्शवस्ती, मध्यपुर ठिमी नगरपालिका–१ को सुकुमबासी वस्ती, सूर्य्विनायक नगरपालिकाको वडा नंं. ३ र ४ को नयाँवस्ती क्षेत्रका बाढी तथा पहिरोबाट विस्थापित भएका परिवारलाई प्रति परिवार दश हजार रुपियाँका दरले राहत वितरण गर्ने निर्णय भएको पनि प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...