तलब नपाएको भन्दै आन्दोलनमा रहेका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित



हाम्रो इकोनोमि

पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् ।

लामो समयदेखि रोकिएको तलब अर्थमन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी काममा फर्किएका हुन् ।

जिल्ला अस्पतालका प्रमुख डा राजेन्द्र लामाले तलब निकासा हुने निश्चित भएकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी काममा फर्किएको बताउनुभयो ।

भेरी नगरपालिकाले अर्थमन्त्रालयबाट तलब निकासा दिन स्वीकृति दिएको जानकारी गराएपछि आन्दोलन फिर्ता लिन आग्रह भएको हो । नगरपालिकाले तलब र भत्ता गरी रु एक करोड ३२ लाख माग गरेकामा हाललाई रु ९५ लाख स्वीकृति भएको नगरप्रमुख घर्तीले बताउनुभयो ।

अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलनका कारण सयाँै बिरामीले सास्ती खेपेका थिए । कैयौँ बिरामी उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...