बोलेरो दुुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो



सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार राति बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

तिपेनी बजारबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको लु१च ९९९ नंको बोलोरो कच्ची सडकबाट ४०० मिटर तल झरेर दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन महिला र दुई पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङका ५६ वर्षीय पदम तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५३ वर्षीया नानी तामाङ, ६५ वर्षीय भीमबहादुर तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।

तेह्रजना सवार बोलेरोमा चालक रामबहादुर लामासहित आठजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा, अश्मी श्रेष्ठ, जिमी तामाङ, खुशी तामाङ, सुस्मिता वाइबा, शिर्षानी वाइवा, मनमाया तामाङ र भिमजुनी तामाङ रहेका छन् ।

उनीहरुको अहिले काठमाडौँस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र