बोलेरो दुुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो



हाम्रो इकोनोमि

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार राति बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

तिपेनी बजारबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको लु१च ९९९ नंको बोलोरो कच्ची सडकबाट ४०० मिटर तल झरेर दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन महिला र दुई पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङका ५६ वर्षीय पदम तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५३ वर्षीया नानी तामाङ, ६५ वर्षीय भीमबहादुर तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।

तेह्रजना सवार बोलेरोमा चालक रामबहादुर लामासहित आठजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा, अश्मी श्रेष्ठ, जिमी तामाङ, खुशी तामाङ, सुस्मिता वाइबा, शिर्षानी वाइवा, मनमाया तामाङ र भिमजुनी तामाङ रहेका छन् ।

उनीहरुको अहिले काठमाडौँस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...