डा केसीलाई पक्राउ गरेर आजै काठमाडौं ल्याउने तयारी, डाक्टर सहित हेलिकप्टर पठाउने सरकारको योजना



हाम्रो इकोनोमि

 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने बताएका छन् । उनले भनेका छन्, ‘त्यसबेला बल प्रयोग भनेर नलेख्नुस् ।

डा केसीलाई पक्राउ गरेर आजै काठमाडौं ल्याउने तयारी सरकारले गरेको छ । डाक्टर सहित हेलिकप्टर पठाउने सरकारको योजना छ ।

 

डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनसनरत छन् । उनले काठमाडौं नआउने अडान लिनुका साथै सरकारले केन्द्रबाट पठाएको डाक्टरहरुबाट पनि उपचार लिएका छैनन् ।

शुक्रबार फेरि अर्को टोली पठाउने तयारी गरिएको शिक्षामन्त्री पोखरेलले जानकारी दिए ।

 

उनले मेडिकल एशोसिएनको टोलीलाई जुम्ला जान आग्रह गर्दा नमानेको भन्दै दुःख समेत व्यक्त गरे । शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा पोखरेलले भने, ‘अचम्म लाग्यो, सरकारले आग्रह गरेपछि देखाउन पनि जानुपर्छ नि तर, उहाँहरु मान्नु भएन । स्वास्थ्यसंस्था बन्द गर्न लाग्नु भएको छ ।’

 

सरकार वार्ता विरोधी नभएको तर, स्वास्थ्य अवस्था कमजोर भएकासँग सम्वाद नहुने बताए । पहिलो प्राथमिकता उपचार भएको भन्दै उनले भने, ‘उहाँका स्वास्थ्य सुचांककहरु कमजोर भएर गयो भने जबरजस्ती पनि गर्नुपर्ने हुन्छ ।’

 

त्यस्तो बेला मौसमले साथ दियो भने बलपूर्वक डा. केसीलाई काठमाडौं ल्याउने संकेत गर्दै उनले सञ्चारकर्मीहरुलाई भने, ‘सरकारले बल प्रयोग गर्‍यो भनेर नलेख्नुहोला ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...