डा केसीलाई पक्राउ गरेर आजै काठमाडौं ल्याउने तयारी, डाक्टर सहित हेलिकप्टर पठाउने सरकारको योजना



 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने बताएका छन् । उनले भनेका छन्, ‘त्यसबेला बल प्रयोग भनेर नलेख्नुस् ।

डा केसीलाई पक्राउ गरेर आजै काठमाडौं ल्याउने तयारी सरकारले गरेको छ । डाक्टर सहित हेलिकप्टर पठाउने सरकारको योजना छ ।

 

डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनसनरत छन् । उनले काठमाडौं नआउने अडान लिनुका साथै सरकारले केन्द्रबाट पठाएको डाक्टरहरुबाट पनि उपचार लिएका छैनन् ।

शुक्रबार फेरि अर्को टोली पठाउने तयारी गरिएको शिक्षामन्त्री पोखरेलले जानकारी दिए ।

 

उनले मेडिकल एशोसिएनको टोलीलाई जुम्ला जान आग्रह गर्दा नमानेको भन्दै दुःख समेत व्यक्त गरे । शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा पोखरेलले भने, ‘अचम्म लाग्यो, सरकारले आग्रह गरेपछि देखाउन पनि जानुपर्छ नि तर, उहाँहरु मान्नु भएन । स्वास्थ्यसंस्था बन्द गर्न लाग्नु भएको छ ।’

 

सरकार वार्ता विरोधी नभएको तर, स्वास्थ्य अवस्था कमजोर भएकासँग सम्वाद नहुने बताए । पहिलो प्राथमिकता उपचार भएको भन्दै उनले भने, ‘उहाँका स्वास्थ्य सुचांककहरु कमजोर भएर गयो भने जबरजस्ती पनि गर्नुपर्ने हुन्छ ।’

 

त्यस्तो बेला मौसमले साथ दियो भने बलपूर्वक डा. केसीलाई काठमाडौं ल्याउने संकेत गर्दै उनले सञ्चारकर्मीहरुलाई भने, ‘सरकारले बल प्रयोग गर्‍यो भनेर नलेख्नुहोला ।

प्रतिक्रिया दिनुहोस
हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र