पहिरोले मुग्लिन सडक बन्द, स्काभेटरले पहिरो पन्छाउने काम जारी



 

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम जारी छ । पहिरोका कारण चितवनबाट जाने र आउने सवारी साधन बीचबाटोमा नै रोकिएका छन् ।

सडक बन्द भएकाले ओभरटेक नगरी सवारी लाइनमा मिलाएर राख्न प्रहरीले चालकलाई अनुरोध गरेको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा असार महिनामा मात्रै दर्जनौँ पटक पहिरो खसेर यात्रुलाई प्रभावित बनाइसकेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक चौडा पार्ने र भित्तो काटेको स्थानमा पहिरो खस्ने गरेको छ । यहाँको भालुढुंगा, एकनम्बर पुल, भतेरी जंगल क्षेत्रमा सडक भासिने र केही फाट्टिने क्रमसमेत देखिएको छ ।

सो क्षेत्रमा सडक एकतर्फ बनाएर आवश्यक कामसमेत भइरहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार  ११ : ५९  बजे

प्रतिक्रिया दिनुहोस
पठनपाठन राेकिएपछि इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन

     त्रिविको कारण पठनपाठन ठप्प भएको भन्दै इन्जिनियरिङका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्

भदौ ३१ मा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण

    प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने

केपी ओली र विद्या भण्डारीबीच भेटघाट हुँदै

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी

वित्तीय प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको