पहिरोले मुग्लिन सडक बन्द, स्काभेटरले पहिरो पन्छाउने काम जारी



हाम्रो इकोनोमि

 

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम जारी छ । पहिरोका कारण चितवनबाट जाने र आउने सवारी साधन बीचबाटोमा नै रोकिएका छन् ।

सडक बन्द भएकाले ओभरटेक नगरी सवारी लाइनमा मिलाएर राख्न प्रहरीले चालकलाई अनुरोध गरेको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा असार महिनामा मात्रै दर्जनौँ पटक पहिरो खसेर यात्रुलाई प्रभावित बनाइसकेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक चौडा पार्ने र भित्तो काटेको स्थानमा पहिरो खस्ने गरेको छ । यहाँको भालुढुंगा, एकनम्बर पुल, भतेरी जंगल क्षेत्रमा सडक भासिने र केही फाट्टिने क्रमसमेत देखिएको छ ।

सो क्षेत्रमा सडक एकतर्फ बनाएर आवश्यक कामसमेत भइरहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

    महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित...

बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...